उम्मेदवारका फ्यानहरुलाई आयोगले भन्यो–मौनअवधि अघि पोस्ट हटाउनु

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा उम्मेदवारहरूको फ्यानले कुनै पोस्ट बुस्ट गरेको हुनसक्ने भन्दै मौन अवधि सुरु हुनुअघि नै त्यस्ता पोस्ट हटाउन आग्रह गरेको छ ।
‘मौनअवधि वैशाख २७ गते राति १२ बजेदेखि सुरु हुने तथ उम्मेदवार र उनीहरुको फ्यानहरुको टिकटक, ट्वीटरलगायतको पेजहरूमा स्पोन्सर पोस्ट हुनसक्ने भएकाले सबै उम्मेदवार तथा फ्यानहरुलाई मौन अवधि सुरु हुनअगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिन तथा सोको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबारको पत्रकार सम्मेलनमा भने ।
निर्वाचनको मौन अवधिमा टेलिकमहरुबाट ब्लक एसएमएससम्बन्धी काम नगर्न पनि आयोगले आवश्यक निर्देशन दिएको शर्माले बताए । मतदान दिन हुने दिन सबै क्षेत्रमा बिदा दिन पनि आयोगले आग्रह गरेको छ ।
यसैबीच निर्वाचन आयोगले हालसम्म आचारसंहिता उलंघन गर्ने ५५ व्यक्ति तथा पार्टीहरूलाई स्पष्टीकरण सोधिएको जनाएको छ। स्पष्टीकरण सोधिएकामध्ये अधिकांशको जवाफ प्राप्त भएको तथा केहीको आउने क्रममा रहेको आयोगको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल