मतदाता परिचयपत्र हराएकाले पनि भोट हाल्न पाउने व्यवस्था हुँदै

निर्वाचन आयोगले मतदाता सूचीमा नाम भएका तर परिचयपत्र विभिन्न कारणले हराएकाहरुले भोट हाल्न पाउनेगरी व्यवस्था गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म आयोगले यसबारेमा केही निर्णय नगरेपनि यसबारेमा आवश्यक निर्णय हुने विश्वास दिलाए ।
‘मतदाता परिचयपत्र मतदान प्रयोजनका लागि बनेको हो । तर मतदाता परिचयपत्र हराएकाहरुको लागि पनि प्रतिलिपि लिनका लागि आयोगले सूचना निकालेको थियो । त्यो समयमा निवेदन दिनेको हकमा प्रतिलिपि पनि बनेको छ ।
नहराएकाको पुरानै पनि छ’, प्रवक्ता शर्माले भने, ‘यति हुँदा पनि नभएकाको हकमा विगतमा आयोगले निर्वाचनको २–३ दिन अघि आफ्नो परिचय खुल्ने कागजातका आधारमा दिने भनेर निर्णय गरेको थियो । अहिले आयोगले निर्णय गरेको छैन । आशा गरौँ, त्यस्तो निर्णय होला ।’
उनले विगतको तुलनामा अहिले यस पटकको निर्वाचन कम खर्चिलो हुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर गोल्डकपको हिसाब किताब गोलमाल
-
मकवानपुर महिला गोल्डकप : ८ क्लब सहभागी हुने
-
एनएसएलमा ‘लाखे’ को फाइनलसम्मको यात्रा, तस्बिरहरू
-
राप्रपाका प्रदर्शनकारी बिजुलीबजारमा भेला हुने, पार्टी कार्यालयमा रणनीतिक बैठक
-
राप्रपाको आइतबारको आन्दोलनमा जगमान नेतृत्वको समितिको साथ
-
रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान