मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली

सोमबार, २६ वैशाख २०७९, १४ : ३२
सोमबार, २६ वैशाख २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली हुनसक्ने जिकिर गरेका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन नहुने बताए ।  एमाले शान्तिको पक्षमा रहेको र शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा रहेको उल्लेख गर्दै ओलीले नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क समेत गर्न नहुने बताए । 

उनले पाँच दलीय गठबन्धन भोटले जित्ने नभइ मतपत्र च्यात्ने, चपाउने र निल्ने रणनीतिमा रहेको जिकिर पनि गरे ।  ‘केके गर्न सकिन्छ, नचाहिने जति त्यही त्यही गर्छन् । सिन्धुपाल्चोकको सभामा एउटा माओवादीको नेताको भाषण युट्युवमा छ । सबै अस्त्र प्रयोग गर्ने, कब्जा गर्ने र आफ्ना मान्छेलाई मात्रै प्रवेश गराएर जसरी पनि जित्ने भनेर भाषण गरेको छ’, ओलीले भने, ‘हामी शान्तिको पक्षमा छौँ । शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा छौँ । कसैले शान्ति सुव्यवस्थामा खलल पार्न खोज्छ भने बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन ।’

उनले आफूले शास्त्रको कुरा गर्दा विपक्षीले उखान टुक्का भनेर नबुझेर टिप्पणी गर्ने गरेको पनि बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप