बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन महाधिवेशनको म्यान्डेट हो, विरोध गर्नु दुःखपूर्ण : देउवा

शुक्रबार, २३ वैशाख २०७९, ०७ : ००
शुक्रबार, २३ वैशाख २०७९

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन काँग्रेसको महाधिवेशनबाट पास भएको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उनले  पार्टीको १४ औं महाधिवेशनले गठबन्धनलाई सर्वसम्मतिले  पास गरेको बताए ।

‘हाम्रो महाधिवेशन भएको धेरै भएको छैन । महाधिवेशनले गठबन्धनलाई सर्वसम्मतिले  पास गरेको छ । महाधिवेशनमा कसैले विरोध गरेन यसको । पार्टीको महाधिवेशनभन्दा ठूलो केही पनि छैन,’ उनले भने । पार्टीको १४ औं महाधिवेशनले गठबन्धन आवश्यक छ भन्ने म्यान्डेट दिएको देउवाको दाबी छ । पार्टीको केन्द्रीय समितिमा पनि गठबन्धनको खिलापमा कोही नबोलेको उनले बताए । ‘केन्द्रीय समितिले पनि गठबन्धन आवश्यक छ भनेर पास गर्यो । मलाई सम्पूर्ण अधिकार पनि दिएको छ,’ देउवाले भने, ‘अहिले आएर हाम्रो पार्टी दुःखपूर्ण कुरा भएको छ । गठबन्धनको खिलापमा कुरा गर्दै छन् ।’ 

वर्तमान गठबन्धनले ओलीको सरकारका आतंकबाट मुक्ति दिएको पनि उनले बताए । ‘ केपी ओलीको बेला डर त्रास थियो । अहिले त्यस्तो छैन नि । ओलीको डर त्रासबाट मुक्त गराउन हामीले गठबन्धन गरौं ।’

हिजाे काँग्रेस एक्लै चुनावमा जाँदा हारेको भन्दै उनले माओवादीले एमालेसँग मिलेर दुःख पाएको बताए । ‘हामीले एकलै जाने रहर गरौं पार्टी हार्यो । उहाँ (प्रचण्ड)ले पनि एमालेसँग जाने रहर गर्नुभयो । उहाँले पनि कति दुःख पाउनुभयो ?,’  देउवाको भनाइ छ ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप