गठबन्धन महाधिवेशनको म्यान्डेट हो, विरोध गर्नु दुःखपूर्ण : देउवा
प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन काँग्रेसको महाधिवेशनबाट पास भएको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उनले पार्टीको १४ औं महाधिवेशनले गठबन्धनलाई सर्वसम्मतिले पास गरेको बताए ।
‘हाम्रो महाधिवेशन भएको धेरै भएको छैन । महाधिवेशनले गठबन्धनलाई सर्वसम्मतिले पास गरेको छ । महाधिवेशनमा कसैले विरोध गरेन यसको । पार्टीको महाधिवेशनभन्दा ठूलो केही पनि छैन,’ उनले भने । पार्टीको १४ औं महाधिवेशनले गठबन्धन आवश्यक छ भन्ने म्यान्डेट दिएको देउवाको दाबी छ । पार्टीको केन्द्रीय समितिमा पनि गठबन्धनको खिलापमा कोही नबोलेको उनले बताए । ‘केन्द्रीय समितिले पनि गठबन्धन आवश्यक छ भनेर पास गर्यो । मलाई सम्पूर्ण अधिकार पनि दिएको छ,’ देउवाले भने, ‘अहिले आएर हाम्रो पार्टी दुःखपूर्ण कुरा भएको छ । गठबन्धनको खिलापमा कुरा गर्दै छन् ।’
वर्तमान गठबन्धनले ओलीको सरकारका आतंकबाट मुक्ति दिएको पनि उनले बताए । ‘ केपी ओलीको बेला डर त्रास थियो । अहिले त्यस्तो छैन नि । ओलीको डर त्रासबाट मुक्त गराउन हामीले गठबन्धन गरौं ।’
हिजाे काँग्रेस एक्लै चुनावमा जाँदा हारेको भन्दै उनले माओवादीले एमालेसँग मिलेर दुःख पाएको बताए । ‘हामीले एकलै जाने रहर गरौं पार्टी हार्यो । उहाँ (प्रचण्ड)ले पनि एमालेसँग जाने रहर गर्नुभयो । उहाँले पनि कति दुःख पाउनुभयो ?,’ देउवाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण