
काठमाडौंमा सिर्जना र भरतपुरमा रेनुले जित्नुहुन्छ : देउवा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंमा सिर्जना सिंह र भरतपुरमा रेनु दाहालले विजय हासिल गर्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उनले भने, ‘सिर्जना सिंह काठमाडौंबाट र प्रचण्डजीको छोरी रेनु दाहाल भरतपुरबाट उठिराख्नुभएको छ । मलाई विश्वास छ दुवै महिलाले जित्नुहुनेछ ।’
सिर्जनाले प्रकाशमान सिंहसँग बिहे गर्नु र रेनु प्रचण्डकी छोरी भएर जन्मनु गल्ती हो ? भन्दै देउवाले प्रश्न समेत गरे । ‘उहाँ प्रचण्डकी छोरी भएर जन्मनुभयो । कहाँ जन्मने भन्ने कुरा आफ्नो हातमा हुन्छ ? त्यस्तै सिर्जना सिंहको आमा बुवाले प्रकाशमानसँग बिहे गरिदिए । प्रकाशमानसँग बिहे गर्नु गल्ती थियो ? उहाँका आमाबाले बिहे गरिदिनु दोष हो ?,’ देउवाको प्रश्न छ । सिर्जना सिंह र रेनु दाहालमा कुनै कुराको कमी नभएको पनि उनको भनाइ थियो । ‘अरु के कुरामा कमी हुनुहुन्छ उहाँहरु ?,’ उनले भने । सिर्जनाले काठमाडौ बनाउँछु भनेको र रेनुले भरतपुरमा राम्रो काम गरेको देउवाले बताए ।
उनले भने, ‘काठमाडौं सफा गर्छु, काठमाडौंमा एक मिनेट बस कुर्न दिन्न भनेर प्रतिबद्धता जनाउनुभएको छ । रेनुले कति राम्रो काम गर्नुभएको छ । त्यस्तो राम्रो काम गर्ने महिलालाई हुँदैन भन्न मिल्दैन । राम्रो काम गर्ने महिलालाई पुरस्कार दिनुपर्ने हो ।’
देउवाले काठमाडौंमा सिर्जनाले हार्दा विदेशीले के भन्छन् भनेर समेत प्रश्न गरे । ‘राजधानीमा महिला हार्नुहुँदैन दुनियाँले के भन्छन् ? विदेशी राजदूत यहाँ हुनुहुन्छ । महिला हराएपछि काठमाडौंले दोष पाउँछ ,’ उनले भने ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ