
बिपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरु गठबन्धनको खिलाफमा छन् : देउवा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले बिपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरुले गठबन्धनमा बखेडा खडा गरिहेको बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उनले बिपीलाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु नै गठबन्धनको खिलाफमा उभिएको बताए । उनले भने, ‘हिजो बिपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु आज गठबन्धनको खिलाफमा छन् । हामीलाई थाहा छैन ।’
कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु नै अहिले काँग्रेसका समर्थक भएर आएको समेत उनले बताए । ‘बिपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु को को हुन् मलाई थाहा छ । अहिले बडा काँग्रेसका समर्थक भएर आएका छन्,’ उनले भने ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ