बिपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरु गठबन्धनको खिलाफमा छन् : देउवा
शुक्रबार, २३ वैशाख २०७९, १७ : ५८
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले बिपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरुले गठबन्धनमा बखेडा खडा गरिहेको बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उनले बिपीलाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु नै गठबन्धनको खिलाफमा उभिएको बताए । उनले भने, ‘हिजो बिपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु आज गठबन्धनको खिलाफमा छन् । हामीलाई थाहा छैन ।’
कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु नै अहिले काँग्रेसका समर्थक भएर आएको समेत उनले बताए । ‘बिपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु को को हुन् मलाई थाहा छ । अहिले बडा काँग्रेसका समर्थक भएर आएका छन्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण