जनता गफाडीका पछाडि लाग्दैनन् : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा अहिले दुई वटा गठबन्धन गइरहेको बताएका छन् । शुक्रबार काठमाडौंको शान्ति वाटिकामा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उनले लोकतान्त्रिक बाम गठबन्धन र प्रतिगामी गठबन्धन भएको बताए ।
उनले भने, ‘ देशमा दुई वटा गठबन्धन छन् । कुन रोज्ने रु एउटा लोकतान्त्रिक बाम गठबन्धन र प्रतिगामी गठबन्धन छन् ।’एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था र संविधान विरोधीहरु एक ठाउँमा उभिएको बताए । आजसम्मका परिवर्तन, संविधान र गणतन्त्रका हिमाहित प्रगतिशीलहरु लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा देखिएको बताए ।
नेपालले भने, ‘प्रतिगामी कित्तामा उभिएकाहरुलाई मत दिनुभयो भने पछि पछुताउनुपर्ने छ । पाँच दलीय गठबन्धनको छैन । कही नहुने जात्रा केपी ओलीको पालामा देख्न पायौं । यस्तालाई बिर्सिएर पनि मत दिनुहुँदैन ।’ पाँच दलीय गठबन्धनले पवित्र लक्ष्य राखेर गठबन्धन गरेका गरेको उनको भनाइ छ ।
काठमाडौं महानगरपालिकामा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारले राम्रो एजेण्डा प्रस्तुत गरेको उनले बताए । नेपालले भने, ‘उहाँहरुको एजेण्डाले म प्रभावित भए । उहाँलाई धन्यवाद । यस्तै उपमेयरका उम्मेदवारले पनि राम्रो प्रस्तुत गर्नुभयो । सुशासन, फोहोर व्यवस्थापन र सांस्कृतिक संरक्षण गर्ने कुरा गर्नुभयो । उहाँले धेरै राम्रो कुरा गर्नुभयो ।’
कतिपय उम्मेदवार गफ हाग्न सिपालु भएपनि काम गर्न भिजन नभएको उनको भनाइ छ । ‘ काम गर्न योजना चाहिन्छ । दम्भ र गफले हुँदैन । जनता गफाडीका पछाडि लाग्दैन,’ उनले भने । काँग्रेसले गणेशमान सिंहको परिवारकी बुहारी सिर्जनालाई मेयरमा अगाडि सारेर महिलाको सम्मान गरेको उनले बताए । यस्तै उपमेयरमा ऊर्जाशील उम्मेदवार रामेश्वार श्रेष्ठलाई अगाडि सारेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण