शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जनता गफाडीका पछाडि लाग्दैनन् : माधव नेपाल

शुक्रबार, २३ वैशाख २०७९, १७ : ०४
शुक्रबार, २३ वैशाख २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा अहिले दुई वटा गठबन्धन गइरहेको बताएका छन् । शुक्रबार काठमाडौंको शान्ति वाटिकामा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उनले लोकतान्त्रिक बाम गठबन्धन र प्रतिगामी गठबन्धन भएको बताए ।

उनले भने, ‘ देशमा दुई वटा गठबन्धन छन् । कुन रोज्ने रु एउटा लोकतान्त्रिक बाम गठबन्धन र प्रतिगामी गठबन्धन छन् ।’एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था र संविधान विरोधीहरु एक ठाउँमा उभिएको बताए । आजसम्मका परिवर्तन, संविधान र गणतन्त्रका हिमाहित प्रगतिशीलहरु  लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा देखिएको बताए । 

नेपालले भने, ‘प्रतिगामी कित्तामा उभिएकाहरुलाई मत दिनुभयो भने पछि पछुताउनुपर्ने छ । पाँच दलीय गठबन्धनको छैन । कही नहुने जात्रा केपी ओलीको पालामा देख्न पायौं । यस्तालाई बिर्सिएर पनि मत दिनुहुँदैन ।’  पाँच दलीय गठबन्धनले पवित्र लक्ष्य राखेर गठबन्धन गरेका गरेको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकामा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारले राम्रो एजेण्डा प्रस्तुत गरेको उनले बताए । नेपालले भने, ‘उहाँहरुको एजेण्डाले म प्रभावित भए । उहाँलाई धन्यवाद । यस्तै उपमेयरका उम्मेदवारले पनि राम्रो प्रस्तुत गर्नुभयो । सुशासन, फोहोर व्यवस्थापन र सांस्कृतिक संरक्षण गर्ने कुरा गर्नुभयो । उहाँले धेरै राम्रो कुरा गर्नुभयो ।’ 

कतिपय उम्मेदवार गफ हाग्न सिपालु भएपनि काम गर्न भिजन नभएको उनको भनाइ छ । ‘ काम गर्न योजना चाहिन्छ । दम्भ र गफले हुँदैन । जनता गफाडीका पछाडि लाग्दैन,’ उनले भने । काँग्रेसले गणेशमान सिंहको परिवारकी बुहारी सिर्जनालाई मेयरमा अगाडि सारेर महिलाको सम्मान गरेको उनले बताए । यस्तै उपमेयरमा ऊर्जाशील उम्मेदवार रामेश्वार श्रेष्ठलाई अगाडि सारेको बताए ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप