आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय चुनावको माहोलसँगै काठमाडौं उपत्यका छाड्नेहरु बढे

शुक्रबार, २३ वैशाख २०७९, २१ : १९
शुक्रबार, २३ वैशाख २०७९

स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या दैनिकरुपमा बढ्न थालेको छ । काठमाडौंको नागढुंगा, फर्पिङ, मुड्कु र भक्तपुरको जगातेलगायका नाकाबाट यात्रुहरु बाहिरिने गरेका छन् । 
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार दैनिक सरदर ५ हजारले काठमाडौं उपत्यका छाड्न थालेका छन् । काठमाडौं भित्रिनेहरुको तुलनामा छाड्ने यात्रुको संख्या धेरै रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी संजिव शर्मा दासले रातोपाटीलाई जानकारी दिए । 

२०७९ वैशाख १७ भन्दा पछिको तथ्यांक हेर्दा काठमाडौं भित्रिने भन्दा बाहिरिनेको संख्या अन्तर करिब ५ हजारले बढी रहेको देखिन्छ  । स्थानीय निर्वाचनको प्रचार–प्रसारमा सहभागी हुनका लागि काठमाडौं छाड्नेहरु बढेको आकलन गरिएको छ । वैशाख ३० मा स्थानीय तह निर्वाचन हुँदैछ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार वैशाख १७ गते ५०,१८० जनाले काठमाडौँ छाड्दा ४६,५१३ जना काठमाडौं भित्रिएका थिए । यस्तै वैशाख १८ गते ५०,६३६ जना उपत्यका बाहिरिए भने ४६,५७१ जना बाहिरिएका थिए । 

यस्तै वैशाख १९, २०, २१ र २२ गते उपत्यकाबाट बाहिरिनेहरुको संख्या क्रमशः ५३,९४३,  ५२, ५२७, ४९,२३२ र ४७,९६६ र भित्रनेको संख्या क्रमशः ४७,०८७,  ४७,३५७, ४२,९९२ र ४५,१४५ जना रहेको थियो । यसअनुसार बाहिरिने र भित्रिनेको संख्या घटाउँदा करिब ५ हजार जनाले दैनिक रुपमा काठमाडौं छाड्ने गरेको देखिएको प्रहरीको भनाइ छ । 

जहाजबाट १ हजार बाहिरिन्छन्
सवारी साधनबाट मात्र नभएर जहाजबाट काठमाडौं छाड्नेहरुको संख्या पनि बढिरहेको छ । पछिल्लो १ सातामा डोमेस्टिक टर्मिनलबाट करिब ५ हजार व्यक्तिहरुले दैनिक उपत्यका छाड्ने गरेका छन् । दैनिक चार हजार उपत्यका प्रवेश गर्ने गरेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भिम प्रसाद ढकालले रातोपाटीलाई बताए । उनले भने, ‘विमानस्थलबाट दैनिक सरदर १ हजार मानिसहरुले उपत्यका छाड्न थालेका छन् ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप