गठबन्धनको बलमा मात्र होइन, एजेण्डाका साथ हामी निर्वाचनमा होमिएका छौं : रामेश्वर श्रेष्ठ
सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरमा उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले आफूहरु गठबन्धनको बलमा मात्र नभएर एजेण्डासहित निर्वाचनमा होमिएको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा गठबन्धनका साझा उम्मेदवार बनेका श्रेष्ठले काठमाडौंस्थित शान्ति वाटिकामा शुक्रबार पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाभित्र सुशासन नभएको बताए ।
‘सुशासनको आधार नै छैन । घुसखोरीको अखडा बनेको छ महानगरपालिका,’ उनले भने, ‘हामीले महानगरमा सुशासनलाई पहिलो नम्बरमा राखेका छौं । सिर्जना भाउजू (मेयर पदमा गठबन्धनका तर्फबाट उम्मेदवार सिर्जना सिंह) को नेतृत्वमा हामीले सुशासन कायम गर्नेछौं ।’ उनले आजको कामलाई भोलि, भोलिको कामलाई पर्सी भन्ने प्रवृत्तिको आफूहरुले प्रतिवाद गर्ने पनि बताए ।
काठमाडौं महानगरमा फोहोरको समस्या पनि सदावहार भएको उनले बताए । उनले फोहोरमा राजनीति नगरौं, मेसिन ल्याएर फोहोर प्रशोधन गरेर मोहर निकालौं भन्दै आए पनि त्यो सुनुवाइ हुन नसकेको बताए । उनले फोहोरबाट बिजुली, ग्यास, मल निकाल्न सकिने भन्दै त्यो काम गरेर देखाइदिने बताए ।
‘शिक्षा र स्वास्थ्यमा मौलिक हक कायम गर्नुपर्छ । महानगरमा बजेट छ, त्यसको २० प्रतिशतमात्र हामीले खर्च गर्ने हो भने महानगरको आफ्नै अस्पताल हुनेछ,’ उनले भने, ‘ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्न सकिन्छ । गरिब तथा मध्यम वर्गका परिवारले पनि त्यसको लाभ लिन सक्छन् ।’
उनले काठमाडौं महानगरमा ८९ वटा सामुदायिक विद्यालयमध्ये दुई÷तीन विद्यालयबाहेक सबैमा गुणस्तरीय शिक्षा नभएको भन्दै उनले तिनलाई गुणस्तरीय बनाउने आफूहरुको एजेन्डा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
