शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इजलासमा विश्वराज भने– आईजीपी नियुक्ति मेरो मृत्युभन्दा पनि दुःखद हो

बिहीबार, २२ वैशाख २०७९, २३ : १७
बिहीबार, २२ वैशाख २०७९

आईजीपी नियुक्तिको विषयमा असन्तुष्ट भई सर्वोच्चमा रिट दायर गरेका एआईजी विश्वराज पोखरेलले धिरजप्रताप सिंहभन्दा आफू डेढ वर्ष सिनियर भएको बताएका छन् । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पोखरेलले सरकारले गरेको आईजीपी नियुक्तिको निर्णय आफ्नो मृत्युभन्दा पनि दुःखद भएको बताएका छन् । 

‘आईजीपी नियुक्ति मेरो मृत्युभन्दा पनि दुःखद हो, श्रीमान’, इजलासमा उनले भने, ‘म डेढ वर्ष सिनियर एआईजी हुँ । सिनियरलाई छुटाएर अरुलाई नियुक्ति गर्नु भनेकोचाहिँ मृत्युभन्दा दुःखद हो ।’ उनले सरकारको यो निर्णयले आफू र प्रहरी संगठनलाई गम्भीर क्षति पुगेको समेत जिकिर गरे । ‘जो प्रहरी संगठनमा आउँछ ऊ आईजीपी वा प्रमुख हुन्छु भनेर आउँछ’, उनले इजलासमा भने, ‘संगठन प्रमुख हुन्छु भनेर आउने आकांक्षा जतिबेला पनि निमोठिनसक्छ भन्ने उदाहरण पनि हो यो श्रीमान ।’

उनले आफूले नै एआईजी हुँदा धीरजप्रताम सिंहलाई फुली लगाइदिएको र अहिले जुनियरलाई आईजीपी मान्न नसक्ने उनको जिकिर थियो । उनले सरकारको निर्णय उल्ट्याउँदै आफूलाई आईजीपी नियुक्त गरिनुपर्ने माग गरे । 
पोखरेल इजलासमा बोलेसँगै बहस सकिएको छ भने आजै आदेश आउनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप