शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

आईजीपी नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा

बुधबार, २१ वैशाख २०७९, १० : ३०
बुधबार, २१ वैशाख २०७९

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । न्यायाधीश माथेमाको एकल इजलासमा बुधबार रिट निवेदनमाथि सुनुवाइ हुने गरी पेसी तोकिएको हो ।

मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका हुन् । एआईजी पोखरेलले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिँदै रिट निवेदनमा परमादेश माग गरेका छन् । नवनियुक्त महानिरीक्षक सिंहले पद बहाली गरिसकेका छन् भने उनको नियुक्तिलाई लिएर असन्तुष्ट रहेका पोखरेल भने एक महिना लामो बिदामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप