शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् राहुल गान्धीकी महिला साथी ? जसको विवाहका लागि नेपाल आएका छन् कांग्रेस नेता

मङ्गलबार, २० वैशाख २०७९, १४ : ०७
मङ्गलबार, २० वैशाख २०७९

भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी यतिबेला नीजि भ्रमणका लागि काठमाडौँमा छन् । उनी आफ्नी एक नेपाली साथी सुम्निमा उदासको विवाह समारोहमा समावेश हुन यहाँ आएका हुन् ।

राहुल गान्धी सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ आर्लिएका थिए । उनी सोमबार राती ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा गएका थिए । यहाँको भिडियोले नेपालमा मात्रै होइन, पूरै भारतमा पनि हंगामा मच्चाइरहेको छ । उनी मेरियट होटलमा बसिरहेका छन् ।

राहुलकी साथी सुम्निमाका पिता भीम उदास म्यानमारका लागि नेपालका पूर्व राजदूत हुन् । उनले आफ्नी छोरीको विवाहमा सरिक हुन राहुल गान्धीलाई निमन्त्रण दिएको बताएका छन् । विवाह समारोह आज अर्थात् मंगलबार हुँदैछ । यस्तै रिसेप्सन ५ मेमा हायात होटलमा हुँदैछ ।

सुम्निमाको विवाह निमा मार्टिन शेर्पासँग भइरहेको छ । रिपोर्टका अनुसार यी दुईको विवाहमा भारतका अन्य हस्ती पनि पुगिरहेका छन् ।

 


 

को हुन् सुम्निमा उदास ?

सुम्निमा उदासले अमेरिकाको लि युनिभर्सिटीबाट पत्रकारिकता र अक्सफोर्ड युनिभर्सिटीबाट मास्टर्स डिग्री हासिल गरेकी छिन् । उनले सीएनएन इन्टरनेशनलमा संवाददाताको रुपमा पनि काम गरिसकेकी छिन् । उनले विशेषतः राजनीति, आर्थिक–सामाजिक, वातावरणका मुद्दामा कलम चलाउँछिन् । दिल्ली सामूहिक बलात्कार मुद्दामा पनि सुमनिमाले रिपोर्टिङ गरेकी थिइन् ।

सुम्निमाले आफ्नो पत्रकारिता क्षेत्रबाट विभिन्न अवार्ड पनि हात पारिसकेकी छिन् । उनलाई सन् २०१४ मा अमेरिकी जर्नलिस्ट अफ द इयरको अवार्डबाट सम्मानित गरिएको थियो । यसबाहेक सुमनिमालाई सिने गोल्डन इगल अवार्डबाट पनि सम्मानित गरिसकिएको छ । हाल सुम्निमा लुम्बिनी म्युजियम इनिसियटिभकी संस्थापक तथा कार्यकारी निर्देशक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप