राहुल गान्धीलाई सुरक्षा दिइएन्, मेरियटमा बास
भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी निजी भ्रमणमा काठमाडौँमा छन् । निजी भ्रमण भएको हुनाले गृह मन्त्रालयले उनलाई सुरक्षाकर्मी दिएको छैन । निजी भ्रमण भएको हुनाले सुरक्षाकर्मी उपलब्ध गराउने बारे कुनै आदेश नभएको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
भारतीय राष्ट्रिय काँग्रेसका पूर्व अध्यक्ष गान्धी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् । सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेल स्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स)मा गएका थिए ।
एक निजी टेलिभिजन च्यानलकी पूर्व संवाददाता सुम्निमाका पिता भीम उदासले भनेका छन्–‘हामीले राहुल गान्धीलाई छोरीको विवाहमा उपस्थित हुनका लागि निम्ता गरेका थियौँ ।’ राहुल नक्साल स्थित मेरियट होटलमा बसेका छन् । वैशाख २२ मा बौद्ध स्थित हायात रिजेन्सी होटलमा सुम्निमाको विवाहको रिसेप्सन आयोजना गरिएको छ । राहुल यसअघि २०१८ मा कैलाश मानसरोवर जानका लागी काठमाडौँ आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको ह्विप
-
गण्डकीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने
-
गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन
-
त्रिशङ्कु संसदमा सत्ता सङ्घर्ष : साना दल शक्तिशाली, ठुला दल निरीह
-
गर्मीमा यसरी गर्नुस् कपालको हेरचाह
-
खडेरीले बाराकाे दक्षिणी भागमा रोपाइँ भएन