आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा छेउका भारतीय सञ्चारमाध्यमको अनुगमन गर्न आयोगको निर्देशन

आइतबार, १८ वैशाख २०७९, १७ : ०३
आइतबार, १८ वैशाख २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपालको सीमाछेउ रहेका भारतीय सञ्चारमाध्यमको दुरुपयोग हुनेबारे निर्वाचन आयोगले सजग रहेको बताएको छ । आयोगले सीमा छेउ रहेका भारतीय सञ्चारमाध्यमबाट निर्वाचन आचारसंहिता विपरितका सामग्री प्रशारण नगराउन समेत आयोगले आग्रह गरेको छ ।

साथै सीमा छेउका मिडिया नियमन गराउन भारतीय सरकारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप