आचारसंहिता विपरितका सामग्री पोष्ट गरे कडा कारवाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचार संहिता विपरितका सामग्री प्रकाशन गरे कडा कारवाही गर्ने चेतावनी दिएको छ । आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट भइरहेकोले त्यस्ता सामग्री प्रयोग नगर्न चेतावनी दिए ।
उनले निर्वाचन आचार संहिता विपरितका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारवाही गरिने स्पष्ट पारे ।
आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति २०७७ को निर्वाचन सबन्धी सूचना भरपर्दो मितव्ययी गुणस्तरीय विश्वसनीय बनाई सामाजिक सञ्जालको उपयोग र नियमनलाई भरपर्दो बनाउन आयोगले विभिन्न निर्णयहरु गरेको जानकारी गराए ।
उनले चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कारवाही गरिने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा