महिलाको बिहेमा ५१ हजार दिने लोसपाको घोषणा, बच्चाको हेरचाहका लागि थप नगद
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेसी महिलाको बिहेमा ५१ हजार रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । स्नातकसम्म अध्ययन गरेकी र कमजोर आर्थिक अवस्था भएकी महिलालाई विवाहको बेलामा ५१ हजार रुपैयाँ प्रदान गर्ने लोसपाले आफ्नो घोषणापत्रमार्फत जनाएको हो ।
यसले बालविवाह वा कम उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्ने लोसपाको विश्वास छ । साथै महिलालाई उच्च शिक्षाका लागि प्रत्साहन दिने घोषणा पनि लोसपाले गरेको छ । यस्तै लोसपाले प्रसूतिको बेलामा हरेक महिलालाई आफ्नो र बच्चाको सही हेरचाहका लागि थप ५ हजार एक सय रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेको छ।
यसैगरी लोसपाले महिलाहरुलाई सार्वजनिक यातायात निःशुल्क गर्ने, रोजगारमा प्राथमिकता दिने , निःशुल्क उच्च शिक्षाको प्रबन्ध गर्नेलगायतका घोषणा पनि गरेको छ । महिलाहरुको स्वास्थ्य र जीवन बिना निःशुल्क गर्ने, छात्राहरुका लागि खेलकूद विकासका लागि विशेष खेलमैदान र प्रशिक्षणको व्यवस्था गर्नेलगायतका आकर्षक कार्यक्रम पनि लोसपाले घोषणापत्रमा समेटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण