समीक्षाले किन सच्याइन् फेसबुक पोष्ट ?
शुक्रबार, १६ वैशाख २०७९, ११ : २४

गायिका समीक्षा अधिकारीले बिहीबार आफ्नो फेसबुकमा एक हरफ कविता पोस्ट गरिन् । भावुक फोटोसहित समीक्षाले शेयर गरेकी थिइन्–
‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छ,
तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’
उनले सेयर गरेको उक्त कविता केही क्षणमै भाइरल बन्यो । पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट अगाडि बढिरहेकी गायिका समीक्षाको यो पोष्टलाई मानिसहरुले सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिकाटिप्पणी गरे ।
केहीले कवितालाई उनको जीवनमा घटेको पछिल्लो घटनासँग जोडेर समेत उडाउन थाले । सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएपछि उनले आफ्नो उक्त कविता माथि शब्द, संगीतको काम हुँदै भनेर थपेर सच्याएकी छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छः वर्षमान
-
ग्रिन लाइनका सञ्चालक अमित अग्रवालले कसलाई तिर्नुपर्ने थियो डेढ करोड ?
-
उमागौरी सहकारी ठगी प्रकरण : ऋषिकेश पत्नी जोडिएको मुद्दाको पेशी स्थगित
-
कुष्ठरोगको उपचारका लागि आवश्यक जनशक्ति छैन : निर्देशक झा
-
न्युजिल्यान्डमा अझै पनि मानिसभन्दा भेडा बढी
-
महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरु