स्थापितमाथिको मीटूको आरोपलाई चुनावी फण्डामात्र नबनाऔँ, कानुनी उपचार खोजौँ : शर्मा
![स्थापितमाथिको मीटूको आरोपलाई चुनावी फण्डामात्र नबनाऔँ, कानुनी उपचार खोजौँ : शर्मा](https://rpcdn.ratopati.com/media/albums/nirmala_sharma_anAWRqDj9O.jpg)
महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले केशव स्थापितमाथि लागेको यौन दुर्व्यवहारको आरोपलाई चुनावी फण्डामात्र नबनाउन आग्रह गरेकी छन् । शर्माले यसका लागि कानुनी उपचारमा जानु पर्ने सुझावसमेत दिएकी हुन् ।
सामाजिक सञ्जालमा शर्माले लेखेकी छन्, ‘कानुनी उपचारमा गएको भए यति बेला सम्म फैसला पनि भइसक्थ्यो । दोषीले कानुनी रूपमा सजाय पनि भोगी सकेका हुन्थे । तर अझ पनि ढिला भएको छैन । कानुनी प्रक्रियामा जाऊँ । हामी साथमा नै छौँ तर यसलाई चुनावी एजेण्डा मात्र नबनाऊ ।’
चुनावमा अनेक फण्डा निकालेर एक उम्मेदवारले अर्को उम्मेदवार माथि आरोप प्रत्यारोप गर्नु पनि आचार संहिता विपरीत हुने उनको भनाइ छ । साथै जस्तो सुकै आरोप लगाए पनि धैर्यतासाथ जवाफ दिन उनले सुझाएकी छन् । ‘आरोप लगाए पछि दोषी भए कारबाही भोग्न तयार हुन्छु भन्न सक्नु पर्छ । कसैलाई अपमानित हुने शब्द बोल्न भएन आवेगमा आएर उम्मेदवारले होस या प्रश्न कर्ताले,’ उनले भनेकी छन्, ‘प्रश्नकर्ता महिला माथि केशव स्थापितले बोलेका शब्दमा मेरो पनि आपत्ति छ । उहाँले माफी माग्नु पर्छ ।’
उनले थपेकी छन्, ‘तर यस्ता चुनावी बहसमा आरोप माथि भन्दा पनि उम्मेदवारलाई उसका प्रतिबद्धता सोधिन्छ, बहसमा विषयगत प्रश्न नै सोधिन्छ । यसमा निर्वाचन आयोगको ध्यान जाओस् ।आचारसंहिताको पालना उम्मेदवारले पनि गरौँ, सबैले गरौँ !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका आरोपी राणा भारत सुपुर्दगी गरिने
-
आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै
-
कीर्तिमानहरूको ओइरो लागेको र अस्ट्रेलियाले पहिलोपटक उपाधि कुम्ल्याएको पाँचौँ संस्करण
-
नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति
-
भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन
-
ट्रम्प र पुटिनको ‘युक्रेन शान्ति योजना’ले युरोप स्तब्ध