सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मीटुको प्रश्नले केशव स्थापित सहभागी कार्यक्रममा हंगामा

‘युआर नाइस लेडी, यो तपाईँको थुतुनो ठीक छैन’
बिहीबार, १५ वैशाख २०७९, २२ : १२
बिहीबार, १५ वैशाख २०७९

मीटुबारेको प्रश्नले नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उमेदवार केशव स्थापित आक्रोशित बनेका छन् । बिहीबार भएको एक अन्तरक्रिया कार्यक्रममा उनको चरित्रमाथि प्रश्न गर्दै सहभागीले कडा प्रश्न गरेपछि उनी आक्रोशित बनेका हुन् । 

राजधानीको नेशनल कलेजको आयोजनामा भएको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ विषयक अन्तरक्रिया कार्यक्रममा उम्मेदवार स्थापित आक्रोशित हुँदा कार्यक्रममै हंगामा हुन पुग्यो । कार्यक्रममा वक्ताका रुपमा थिए स्थापितसँगै मेयरका अन्य उम्मेदवारहरू बालेन शाह, समीक्षा बाँस्कोटा, सुशील थापा र राजन कोइराला । अन्तरक्रियाकै क्रममा भावना राउत नामकी महिलाले सोधेको प्रश्नपछि तनावको अवस्था सिर्जना भएको हो । 

‘मेरो प्रश्न केशव स्थापित सरलाई’ भन्दै प्रश्न सुरु गरेकी उनले 'तपाईँको विगतलाई हेर्दा तपाईँलाई दुई जना महिलाले मीटुको आरोप लगाएका छन् । तपाईँले मेयर जितेपछि म तपाईँको अफिस जाँदा सेफ हुन्छु कि हुँदिन ?’ भन्दै उनले कडा प्रश्न गरेकी थिइन् । उनी यतिमा मात्रै रोकिइनन्, ‘अथवा तपाईँकै उपमेयर सुनिताजी सेफ हुनुहुन्छ कि हुनुहुन्न ? तपाईँको अपराध गरेको हो कि होइन यदि होइन भने प्रमाणसहित आउनुहोस् हो भने तपाइँ यो कुर्सी छाडेर जानुपर्ने हुन्छ ।’ यति भनेपछि सहभागीले हुटिङ गरेका थिए भने सम्हालिँदै स्थापितले  यसको जवाफ दिने भनेर सविस्तार आफ्नो बचाउ गरे । 

उनले आफ्नो बचाउमा लामो बेलिविस्तार लगाउँदै गर्दा अर्का सहभागीले स्थापितलाई बीचैमै रोक्दै भने, ‘तपाई प्रधानमन्त्रीपछिको काठमाडौंको सबैभन्दा ठूलो पद हो । सामान्य कर्मचारीले आरोप लगाएपछि तपाइँलाई किन कोर्टमा जानुभएन भनेर र्याखर्याख्ती पारे । त्यसपछि सुरु भयो स्थापितको आक्रोश र हंगामा । ‘कोही महिलाले तपाईँलाई मेरो श्रीमान हो भन्यो भने तपाईँ किन कोर्टमा जाने ? सी सुल्ड गो टु कोर्ट’, औँला ठड्याउँदै स्थापितले भने, ‘प्रमाण ल्याउनुपर्दैन ?’

त्यसपछि फेरि राउतले पब्लिक फोरममा स्थापितलाई जिम्मेवार हुन आग्रह गर्छिन् । त्यसपछि बसेको ठाउँबाट उठेर राउतमाथि खनिन्छन् । उनले भने, ‘युआर नाइस लेडी बट यो थुतुनो ठीक छैन तपाईँको । थुतुनो ठीक भएन ।’
त्यसपछि दुई पक्षबीच तनावको माहोल चलिरहन्छ । उनले भने, ‘म रिसको भाँडो हो । नरिसाउनु भन्न पाइन्छ ?’ उनले आफू एग्रसिभ नै मान्छे भएको र आफूले कराँते पनि खेलेको भन्दै आक्रोश पोख्छन् ।  उनले प्रमाणबिना आरोप लगाइनु गलत भएको पनि बताए । उनले आफू यसविरुद्ध अदालत नजाने पनि दोहोर्याइरहे । 

त्यसपछि अवस्थालाई सहजीकरण गर्न खोज्दै विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले स्थापितलाई यो प्रश्न बारम्बार नउठोस् भन्ने लाग्छ भने अदालतमा मर्यादालाई कायम होस् भनेर मुद्दा दिन सुझाव दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप