एन्फाले खेलाडीहरुलाई भन्यो - चुनावसम्म अल्मुताइरीलाई हटाउने कुरो नगर्नुस्
बिहीबार, १५ वैशाख २०७९, १९ : ४४
अखिल नेपाल फुटबल संघ (एन्फा)ले चुनावसम्म मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हटाउन नसक्ने बताएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीहरूसँग कुराकानी गर्दै चुनावसम्म आफूले अल्मुताइरीलाई हटाउन नसक्ने बताएको रोहित चन्दले बताए ।
‘एन्फा अध्यक्षसँग हामीले कुरा गरेका थियौं । उहाँले चुनावसम्म अल्मुताइरीको विषयमा केही गर्न नसक्ने बताउनुभयो । त्यति बेलासम्म हाम्रो के हुन्छ भन्ने हो,’ चन्दले भने । चन्दले आफूहरुले यो विषयमा निष्पक्ष छानविन गर्न पनि एन्फासँग आग्रह गरेको बताए ।
उनले छानविन नभएमा आफूहरु के गर्ने भन्ने विषयमा अझै सोच्न बाँकी रहेको बताए । यसअघि खेलाडीहरूले आफूहरुलाई अल्मुताइरीको प्रशिक्षकत्वमा खेल्न कम्फर्ट नभएको भन्दै अध्यक्ष शेर्पासँग गुनासो पोखेका थिए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी