बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रशिक्षकविरुद्धमा खेलाडीकाे मोर्चाबन्दी : अल्मुताइरीको प्रशिक्षणमा खेल्न कम्फर्ट छैनौं

बिहीबार, १५ वैशाख २०७९, १९ : ०७
बिहीबार, १५ वैशाख २०७९

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादमा परेका खेलाडीहरुले आफूहरु अब अल्मुताइरीको प्रशिक्षकत्वमा खेल्न कम्फर्ट नभएको बताए छन् । अल्मुताइरीले लामो समयदेखि विभिन्न बाहनामा आफूहरुलाई दुख दिने गरेको पनि खेलाडीहरूले बताए ।

गत आइतबार राष्ट्रिय टोलीको प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका थिए । रोहित चन्द, अन्जन विष्ट, विमल घर्ती मगर, विशाल राईलगायतका खेलाडी प्रशिक्षण छोडेर बाहिरिएका थिए । खेलाडीहरूका तर्फबाट रोहितले होटलमा बस्ने कुरा निकाल्दा अल्मुताइरीले रोहितलाई टिममा नराख्ने धम्की दिएपछि अन्य खेलाडीहरूले पनि प्रशिक्षण छोडेका थिए ।

दश जना खेलाडीहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै आफूहरु अब अल्मुताइरीको प्रशिक्षकत्वमा खेल्न कम्फर्ट नभएको बताएका छन् । ‘हामी अल्मुताइरीको प्रशिक्षकत्वमा खेल्न कम्फर्ट छैनौं । उता अल्मुताइरी पनि हामीलाई टिममा राखेर खेल्न कम्फर्ट छैनन्,’ खेलाडी सुजल श्रेष्ठले भने । ​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप