शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले भन्यो–अहिलेसम्म कोही पनि निर्विरोध भएको छैन

बिहीबार, १५ वैशाख २०७९, १६ : ४७
बिहीबार, १५ वैशाख २०७९

निर्वाचन आयोगले कानुन बमोजिम अहिलेसम्म कुनै पनि उम्मेदवार निर्विरोध निर्वाचित नभएको स्पष्ट पारेको छ । कसैले कुनै पदमा एक्लैले उम्मेदवारी दिएको भएपनि कानुनको कसीमा परीक्षण हुने चरणहरू बाँकी नै रहने भएकाले तत्काल निर्विरोध निर्वाचित भएको भन्न नमिल्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 

विभिन्न ठाउँमा रुपमा निर्विरोध भएको भनेर भनिएपनि आयोगले भने त्यसरी कसैलाई पनि निर्विरोध भनेर घोषणा गरेको अवस्था नरहेको उनको भनाइ छ । वैशाख ११ र १२ गते मनोनयन दर्ता भएपछि १३ गते दाबी विरोधको समय दिएको तथा १४ र १५ गते दाबी उपरमाथि छानबिन गरेर नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको उनले बताए ।

‘एकजना मात्रैको मनोनयन भएपनि सिधै हामीले निर्विरोध भन्न सक्दैनौँ’, उनले भने, ‘कानुनको कसीमा उहाँ एकजना भएपनि कानुनको द्वारबाट छिर्न सक्नुपर्छ । दाबी विरोधको प्रक्रियाबाट पनि सफल हुनुभयो भने चाहिँ निर्विरोध हुन सक्नुहुन्छ । आयोगले अहिलेसम्म त्यसरी भनेको छैन ।’ दाबी विरोधको प्रक्रिया सकिएपछि चाहिँ उनीहरु निर्विरोध भएको घोषणा गरिने अर्यालले स्पष्ट पारे । ​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप