बागी उम्मेदवारसँग ‘डिल’ गर्न गृहमन्त्री चितवन पुगेको विषय आयोगको ‘नोटिस’मा
गृहमन्त्री बागी उम्मेदवारलाई फकाउन चितवन पुगेको विषय आफ्नो नोटिसमा रहेको निर्वाचन आयोगले जनाएको छ। सार्वजनिक पदमा रहेको व्यक्ति फिल्डमा पुग्नु आचारसंहिता अनुकुल नहुने आयोगको भनाइ छ ।
‘गठबन्धन र त्यस सन्दर्भको कुरालाई लिएर र उहाँहरुको हिसावलमा उठ्न नपर्ने मान्छेहरु उठिदिनुभयो, अफ्ठ्यारो भयो भन्ने हिसावले मन्त्रीज्यूहरु नै गएको भन्ने जुन कुरा छ । पक्कैपनि आयोगको ध्यानाकर्षण भएको छ’, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबारको पत्रकार सम्मेलनमा भने, ‘पब्लिक पोस्ट र पब्लिक रिसोर्सिजमा पक्लिक रिस्पोन्सिबिलिटिज हुन्छ । त्यो हिसाबले हाम्रो आचारसंहिताले त्यो खालको अपेक्षा गर्दैन । यसबारे आयोगले थप निर्णय गर्नेछ ।’
भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि उनीसँग डिल गर्न बुधबार चितवन पुगेका थिए । सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् । खाँणले पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



