७२ जिल्लाको मतपत्र छपाइ सकियो, ३३ जिल्लामा मतपत्र ढुवानी
बिहीबार, १५ वैशाख २०७९, १६ : २४
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबारसम्म ७२ जिल्लाको मतपत्र छपाइ सकिएको जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनका आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले सो जानकारी दिएका हुन् ।
‘आजसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकिएको छ’, उनले भने । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ३३ हजार मतपत्र ढुवानी गरिएको पनि जानकारी दिए । आयोगका प्रणालीमा हालसम्म १ लाख ५३ हजार उम्मेदवारको मनोनयन दर्ता भएको पनि जानकारी दिए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा