सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

स्थानीयस्तरमा एमालेसँग भएका तालमेल खारेज गर्ने गठबन्धनको निर्णय

बुधबार, १४ वैशाख २०७९, २० : ००
बुधबार, १४ वैशाख २०७९

सत्ता गठबन्धनले स्थानीयस्तरमा एमालेसँग भएका चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धन बाहेकका दलसँग भएका तालमेल खारेज गर्ने निर्णय गरेको हो । 

यसअघि गठबन्धनमा भएको निर्णयविपरीत विभिन्न स्थानीय तहमा एमालेसँग काँग्रेस, माओवादीलगायतका पार्टीले तालमेल गरेको समाचार सार्वजनिक भएका थिए ।  गठबन्धनको बैठकपछि जारी विज्ञप्तीको सातौँ बुँदामा भनिएको छ, ‘गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने ।’

यस्तै गठबन्धनले स्थानीय निर्वाचनमा चुनावी तालमेल नभएका नगर र गाउँपालिकामा सिट बाँडफाँटका लागि प्रदेश र जिल्ला संयन्त्रलाई बैठक राख्न निर्देशन दिएको छ । अधिकांश पालिका चुनावी तालमेल नभएपछि शीर्ष नेताको बैठकले यस्तो निर्देशन दिएको छ । गठबन्धनले दोहोरो उम्मेदवारी फिर्ताका लागि निर्देशन पनि दिएको छ ।  बैठकले दोहोरो उम्मेदवारी फिर्ताका लागि मातहतको संयन्त्रलाई निर्देशन दिएको हो । 

बैठकमा चुनावी तालमेलको समीक्षा भएको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए । उनले भने, ‘जहाँ दोहोरो उम्मेदवारी परेको छ,  त्यहाँ हटाउने निर्णय भएको छ ।’ सम्भव भएका ठाउँमा तल्लो तहमा सहमति गरेर साझा उम्मेदवार बनाउने निर्णय भएको यादवको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप