शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी तालमेल भएको स्थानको दोहोरो उम्मेदवारी फिर्ता लिन गठबन्धन बैठकले दियो निर्देशन

बुधबार, १४ वैशाख २०७९, १३ : ११
बुधबार, १४ वैशाख २०७९

सत्ता गठबन्धनले दोहोरो उम्मेदवारी फिर्ताका लागि निर्देशन दिएको छ । बुधबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दोहोरो उम्मेदवारी फिर्ताका लागि मातहतको संयन्त्रलाई निर्देशन दिएको हो । 

बैठकमा चुनावी तालमेलको समीक्षा भएको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए । उनले भने, ‘जहाँ दोहोरो उम्मेदवारी परेको छ,  त्यहाँ हटाउने निर्णय भएको छ ।’ सम्भव भएका ठाउँमा तल्लो तहमा सहमति गरेर साझा उम्मेदवार बनाउने निर्णय भएको यादवको भनाइ छ ।

सत्ता गठबन्धनबीच केन्द्रीय तहमै महानगर र उपमहानगरपालिकामा भएको सिट बाँडफाँटमा पनि दोहोरो उम्मेदवारी परेको छ । ६ महानगर र ११ उपमहानगरपालिकामध्ये अधिकांशमा गठबन्धन भित्रैबाट बागी उम्मेदवारी परेको छ । त्यसलाई फिर्ता गर्न केन्द्रले नै निर्देशन दिएको उनको भनाइ छ । नगर र गाउँपालिकामा सम्बन्धित प्रदेश र जिल्ला गठबन्धनको संयन्त्रलाई साझा उम्मेदवारीका लागि पहल गर्ने जिम्मेवारी दिएको यादवले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप