हामीलाई बहुमतले कारबाही गर्छु भन्नु फाल्तु कुरा हो : प्रकाण्ड
नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले पार्टी निर्णय विपरित गएकाले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई कारवाही गरिएको बताए ।
‘हामीले बैठक बसेर के निर्णय गरियौँ त्यो विज्ञप्तिमार्फत थाहा पाइहाल्नुभयो’ रातोपाटीसँग कुरा गर्दै विश्वकर्माले भने, ‘अरु उहाँहरु (हेमान्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला’ ले पार्टी निर्णय विपरित गरेकाले कारवाही गरियौँ ।’
पार्टीमा को कस्तो हो भन्ने विषयमा मिडियालाई सबै थाहा भइसकेकाले थप टिप्पणी गर्न नहुने विश्वकर्माले जिकिर गरे । पार्टीमा तपाईहरु अल्पमतमा हुनुहुन्छ उल्टै कारवाहीमा पर्ने सम्भावना छ नि भन्ने प्रश्नमा विश्वकर्माले त्यस्ता फाल्तु कुरामा जान नहुने बताए । ‘पार्टीमा बहुमत अल्पमत के छ ? कस्तो छ ? भन्ने सबै मिडियालाई थाहा छ’ विश्वकर्माले भने, ‘हामीलाई पार्टीको बहुमतबाट कारवाही गर्ने भन्ने कुराको कुनै अर्थ छैन । त्यो फाल्तु कुरा हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा