हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला पक्षद्वारा नयाँ पार्टी घोषणाको तयारी
बुधबार, १४ वैशाख २०७९, ११ : ५६

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट निष्काशन भएपछि हेमन्तप्रकाश ओली ‘सुर्दशन’ र धर्मेन्द्र बास्तोला नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् । सो पक्षको बैठक बुधबार बिहान ललितपुरमा बसेको छ ।
आजै बिहान कपिलबस्तुको शिवगढीमा बसेको विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्षको बैठकले ओली र बास्तोलालाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो । निर्णयलगत्तै कारबाहीमा परेका पक्षले बैठक बसेको हो । उनीहरुले छुट्टै पार्टी बनाएर आजै घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
पार्टी केन्द्रीय समितिमा ओली र बास्तोला पक्ष बहुमतमा दिए । पार्टी विभाजन भएपछि कसको पक्षमा कति हुन्छन् भन्ने एकिन हुन सकेको छैन् । यद्यपि ओली र बास्तोला पक्षले पनि विप्लव सहित प्रवक्तालाई कारवाही गर्ने तयारी गरेका गरेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते