आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

लोसपाले गर्‍यो एमाले र जसपासँग तालमेल, १८० पालिकामा उम्मेदवारी

मङ्गलबार, १३ वैशाख २०७९, १६ : ४९
मङ्गलबार, १३ वैशाख २०७९

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नेकपा एमाले र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ। एमालेसँग दुई र जसपासँग दुई स्थानीय तह गरेर कुल चार स्थानीय तहमा लोसपाले तालमेल गरेको हो। बाँकी स्थानीय तहमा भने लोसपाले एकल उम्मेदवारी दिएको छ । 

महोत्तरीको बर्दिवास नगरपालिका र वीरगञ्ज महानगरपालिकामा एमालेसँग तालमेल भएको लोसपाका नेता केशव झाले जानकारी दिए ।  बर्दिवास नगरपालिकामा मेयर एमालेलाई दिएर उपमेयर लोसपाले लिएको छ। यस्तै वीरगञ्ज महानगरमा मेयर एमाले र उपमेयर लोसपाले लिएको छ। 

झाका अनुसार जनता समाजवादी पार्टी र लोसपाबीच दुई स्थानीय तहमा तालमेल भएको छ। जसमा कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा लोसपा र उपाध्यक्ष जसपाले लिएको छ। कञ्चनपुर बेलौरी नगरपालिकाको मेयरमा लोसपाको उम्मेदवार हुँदा उपमेयर जसपाले पाएको छ । 

लोसपाले देशभरका कुल १८० स्थानीय तहमा उम्मेदवारी दिएको छ । ती स्थानीय तहमा अधिकांश मधेसकै पालिकाहरु रहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप