आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महेन्द्रनगर क्षेत्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा ६४ जनाविरुद्ध मुद्दा

आइतबार, ११ वैशाख २०७९, २० : ०१
आइतबार, ११ वैशाख २०७९

 कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्रको जग्गा हिनामिना गरेको आरोपमा अख्तियारले ६४ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आईतबार ५ जना तत्कालिन महेन्द्रनगर नगर विकास समितिका अध्यक्षहरू सहित ६४ जना बिरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । महेन्द्रनगर बजार क्षेत्रको ६३८ बिगाहा मध्ये ५७३ बिगाहा जग्गा हिनामिना भएको बारे अख्तियारले लामो समयदेखि छानविन गरिरहेको थियो ।

सरकारले २०३५ सालमा नगर विकास समितिलाई सो जग्गा व्यवस्थापन गर्न दिएपनि नगर विकास समितिका अध्यक्ष र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा अतिक्रण गरिएको आयोगको ठहर छ ।

आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइली र मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापा सहित ६४ जनालाई विपक्षी बनाएको छ । आरोपीहरुले सरकारी जग्गा हिनामिना गरेर गैरकानूनी लाभ तथा हानी गरेर भ्रष्टाचार गरेको आयोगको जिकिर छ ।

तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा विधि विपरित अध्यक्षहरूको एकल तोक आदेशको भरमा हक हस्तान्तरण गरिएको आयोगको अनुसन्धानबाट थाहा भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप