हेटौंडाको मेयरकी उम्मेदवार लामाले दिइन् राजीनामा
शनिबार, १० वैशाख २०७९, १५ : १८
हेटौँडा उपमहानगरपालिकाकी मेयर पदकी उम्मेदवार मीना कुमारी लामाले उपमेयर पदबाट राजीनामा दिएकी छन् । उनले मेयर हरिबहादुर महतसमक्ष राजीनामा दिएकी हुन् ।
सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा एकीकृत समाजवादी पार्टीकी उनको नाम मेयर पद उम्मेदवारी दिनेगरी टुंगो लागिसकेको छ। शनिबार नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको बैठकले हेटौंडा उपमहानगरपालिकामा उपमेयर लामालाई टिकट दिने निर्णय गरेको हो ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले तत्कालिन नेपाली काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गरेकी थिइन् । पछि उनी एमाले विभाजन हुँदा समाजवादीतिर लागेकी थिइन् ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?
-
सार्वजनिक सवारी : भाडा मात्र बढ्छ, सुधारमा छैन ध्यान (तस्बिरहरू)
-
केन्द्रीय समिति बैठककै बिच माओवादी पदाधिकारी बैठक बस्दै
-
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा : अडियाे/भिडियाेलगायत सामाग्री मगाउने आदेश
-
बढाइयो सलमान खानको सुरक्षा, घरको बाल्कोनीमा बुलेटफ्रुफ सिसा
-
स्पाइडरम्यान अभिनेता–अभिनेत्रीले गरे इन्गेजमेन्ट