हेटौंडाको मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी लामालाई उम्मेदवार बनाउने निर्णय
सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा उम्मेदवार हुने भएकी छिन् । उनी हेटौंडा उपमहानगरपालिकाकी बहालवाला उपमेयर हुन् ।
शनिबार नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको बैठकले हेटौंडा उपमहानगरपालिकामा उपमेयर लामालाई टिकट दिने निर्णय गरेको हो । २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले तत्कालिन नेपाली काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गरेकी थिइन् ।
उनले २३ हजार ४३७ मतसहित चुनाव जितेकी थिइन् भने माओवादी केन्द्रका बलले १७ हजार ११ मत पाएका थिए । आगामी वैशाख ३० गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनले हेटौंडाको मेयर एकीकृत समाजवादी र उपमेयर काँग्रेसले पाउने गरी भागबण्डा गरेको थियो ।
एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीको गत शनिबार बसेको बैठकले हेटौंडाको मेयर पदका लागि उपमेयर लामासहित एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलका नाम सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले मानव इतिहासकै सबैभन्दा शक्तिशाली मेसिन गन बनाउँदै
-
इमरान र बसिरको अर्धशतकसँगै बागमतीविरुद्ध आर्मीले बनायो कीर्तिमानी रन
-
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
-
पेटको बोसो घटाउने योगासन
-
इमरान शेखलाई पछ्याउँदै बसिर अहमदले पनि अर्धशतक बनाए
-
बङ्गलादेशले रद्द गर्यो शेख हसिनाको पासपोर्ट