काँग्रेसबाट धनगढीको मेयरमा नृप वड पुनः उम्मेदवार
![काँग्रेसबाट धनगढीको मेयरमा नृप वड पुनः उम्मेदवार](https://rpcdn.ratopati.com/media/albums/nirpa-odd_gQn7aey4Vn.jpg)
नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको प्रमुखमा पुनः नृपबहादुर वडलाई उम्मेदवार बनाइएको छ । सत्तारुढ गठबन्धनको भागबण्डामा धनगढीको उपमहानगर प्रमुखमा काँग्रेसको भागमा परेको छ ।
त्यसअनुसार शुक्रबार बसेको कार्यदलको बैठकले धनगढीको नगर प्रमुखमा वडको नाम टुङ्ग्याइएको नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका सभापति यज्ञराज उपाध्यायले बताए ।
काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका वड २०७४ को स्थानीय तहको निर्वाचनमा धनगढीको उपमहानगर प्रमुखमा निर्वाचित भएका थिए ।
फेरि टिकट पाएपछि वडले पदबाट राजीनामा दिने तयारी गरेका छन् । काठमाडौंबाट शनिबार धनगढी फर्किएर राजीनामा दिने बताइएको छ ।
धनगढीको उपमहानगर प्रमुखका लागि वड र कृष्ण महरासहित सात जनाको नाम सिफारिस भएको थियो । कार्यदलले वडलाई धनगढीको प्रमुखमा गठबन्धनको साझा उम्मेदवारका रुपमा उठाउने निर्णय गरेको छ । यहाँ उपमेयर भने माओवादी केन्द्रले पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख