कटवाल प्रकरणबारे प्रचण्डले भने– ‘दायाँतिर बादल बायाँतिर बाबुरामले ठोक भने अन्तिममा मेरै पद गयो’
![कटवाल प्रकरणबारे प्रचण्डले भने– ‘दायाँतिर बादल बायाँतिर बाबुरामले ठोक भने अन्तिममा मेरै पद गयो’](https://rpcdn.ratopati.com/media/albums/prachandaa_mN0TXOVCMH.gif)
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउँदा पार्टीलाई धेरै ठूलो क्षति भएको बताएका छन् । कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले तीन महिनापछि आफै जाने प्रधानसेनापति कटवाल हटाउनु कमजोरी भएको स्वीकार गरे ।
‘रुक्माङ्गत कटवाल तीन महिनापछि त्यसै जानेवाला थियो । दायाँतिर बादल बायाँतिर बाबुराम ठोक भन्छन् जतिबेला पनि । एउटालाई रक्षामन्त्री बनाएको ठोक ठोक भन्छन् । अर्को अर्थमन्त्रीले पनि यसलाई ठोकिहाल्ने हो भन्छन्’ प्रचण्डले भने, ‘म अलि लाटो सोझो पनि छु क्या । यिनीहरु मात्रै के कम भनेर ठोक्दिहाले त्यसपछि के हुन्थ्यो मेरै प्रधानमन्त्री पद गयो ।’ जनयुद्धमा जस्तै बाबुराम बादलले भनेको जस्तै हुन्न भनेको भए देशको स्थिति अर्कै अवस्था पुग्ने प्रचण्डले दाबी गरे ।
‘हामीले ०६४ मा बहुमत ल्याएपछि साथीहरुले हामीले यत्रो जितेका छौ । राष्ट्रपति पनि हाम्रै चाहिन्छ प्रधानमन्त्री पनि हाम्रै चाहिन्छ । उपराष्ट्रपति पनि हाम्रै चाहिन्छ भन्दा हुन्छ भन्दिए ’ प्रचण्डले भने, ‘विचरा बुढो गिरिजालाई जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भयो । जसले जीन्दगीभर राजतन्त्र भनेको मान्छे मर्ने बेलामा गणतन्त्र भनेर माओवादीसँग हात मिलाएर आए । त्यस्तो बुढालाई राष्ट्रपति बनाउन पाइएन ।’ यदि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाएको भए शान्ति सम्झौता अझ राम्रो गरेर टुंगो लाग्नुका साथै संविधान अझ प्रगतिशील बन्ने उनले बताए । पार्टीका नेताहरुको लहलहीमा लागेर पाँच वर्ष चल्ने सरकार बीचमै ढलेको प्रचण्डको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’