पहिलो संविधानसभामा पहिलो दल हुँदा पचाउन नसक्दा पखाला चल्यो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो संविधानसभा निर्वाचनमा पहिलो दल हुँदा पचाउन नसक्दा पखाला चलेको टिप्पणी गरेका छन् । कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पहिलो दल हुँदा बुद्धि नपुर्याउँदा देशले अहिले पनि दुःख पाएको बताए ।
‘हामीलाई जनताले ०६४ मा देशको बागडोर सम्हाल्ने जिम्मेवारी दिए । नेपाली जनताले माओवादीलाई यति धेरै विश्वास गरेका थियो कि एक्लै बहुमत भयो’ प्रचण्डले भने, ‘तर त्यो जीतलाई हामी माओवादीले पचाउन सकेनौ । माओवादीले त्यो विजयलाई पचाउन नसक्दा यो धर्ती छोड्न थाल्यो । हावामा उड्न थालियौ । अर्कोतिरभन्दा माओवादीलाई पखाला लाग्यो । माओवादीले जित पचाउन सकेन ।’
मोहन वैद्यतिर लक्षित गर्दै प्रचण्डले केही साथीहरुले यो जित दक्षिणपन्थीहरुको जित भएको टिप्पणी गरे । ‘प्रचण्डले यो पार्टी लगेर दक्षिणपन्थी भासमा लगेर हाल्यो भन्ने लाग्यो । प्रचण्डले यस्तो नगरेको भए काठमाडौ कब्जा गरिन्थ्यो नि केही समय भन्ने लागेर प्रचण्डसँग बस्नुहुन्न भनेर हिँड्नुभयो क्रान्ति गर्न हिँड्नुभयो’ प्रचण्डले भने, ‘साथीहरुको लहलहीमा लागेर दुई तीनवटा गल्ती गरे । मैले आत्मालोचना गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण