पहिलो संविधानसभामा पहिलो दल हुँदा पचाउन नसक्दा पखाला चल्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो संविधानसभा निर्वाचनमा पहिलो दल हुँदा पचाउन नसक्दा पखाला चलेको टिप्पणी गरेका छन् । कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पहिलो दल हुँदा बुद्धि नपुर्याउँदा देशले अहिले पनि दुःख पाएको बताए ।
‘हामीलाई जनताले ०६४ मा देशको बागडोर सम्हाल्ने जिम्मेवारी दिए । नेपाली जनताले माओवादीलाई यति धेरै विश्वास गरेका थियो कि एक्लै बहुमत भयो’ प्रचण्डले भने, ‘तर त्यो जीतलाई हामी माओवादीले पचाउन सकेनौ । माओवादीले त्यो विजयलाई पचाउन नसक्दा यो धर्ती छोड्न थाल्यो । हावामा उड्न थालियौ । अर्कोतिरभन्दा माओवादीलाई पखाला लाग्यो । माओवादीले जित पचाउन सकेन ।’
मोहन वैद्यतिर लक्षित गर्दै प्रचण्डले केही साथीहरुले यो जित दक्षिणपन्थीहरुको जित भएको टिप्पणी गरे । ‘प्रचण्डले यो पार्टी लगेर दक्षिणपन्थी भासमा लगेर हाल्यो भन्ने लाग्यो । प्रचण्डले यस्तो नगरेको भए काठमाडौ कब्जा गरिन्थ्यो नि केही समय भन्ने लागेर प्रचण्डसँग बस्नुहुन्न भनेर हिँड्नुभयो क्रान्ति गर्न हिँड्नुभयो’ प्रचण्डले भने, ‘साथीहरुको लहलहीमा लागेर दुई तीनवटा गल्ती गरे । मैले आत्मालोचना गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौघेरा रत्ननाथ मठ : जग्गा जोत्ने किसान, मोही खाने नेता !
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
कस्ताे रहला तपाईकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल