आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अन्य प्रदेशसँग हैसियत मिलाउन सेवा सुविधा बढाएका हौँ : मुख्यमन्त्री शाही

बुधबार, ०७ वैशाख २०७९, १७ : ०८
बुधबार, ०७ वैशाख २०७९

कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्रीदेखि सांसदसम्मको पारिश्रमिकका साथैसेवा सुविधा बढाएको भन्दै आलोचना भइरहेको छ। तर, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले भने अन्य प्रदेशसँग हैसियत दाँज्नका लागि सेवा, सुविधा बढाएको ‘बिफिङ’ गरे ।

 बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका गरिएको पत्रकार सम्मेलनमा उनले अन्य प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री, सांसदहरुको पारिश्रमिकको एउटा फोटो कपि पत्रकारको हातमा थमाए । त्यसपछि उनले सरस्वती त्यसलाई ‘बिफिङ’ गरे । र, भने,‘ के हामी अन्य प्रदेश भन्दा कमजोर हो ? यहाँ अन्य प्रदेशको हेर्नुहोस ..!  अन्य प्रदेशले पहिलानै यस्तो छ अनि हामीले पनि बढाएका हौं । अन्य प्रदेशसँग प्रोटोकल मिलाउन सेवा सुविधा बढाएका हौँ ।’ उनको सन्देश के थियो भने ,‘ कर्णाली पनि अन्य प्रदेश भन्दा के कम हो ?’

 याे पनि

यस्तो छ प्रदेश सरकारले बढाएको पारिश्रमिक, सेवा सुविधा 
सरकारले हेरफेर गरेको पारिश्रमिक अनुसार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले यसअघि ६०९७० पाउँथे भने अब उनको तलव वृद्धि भएर ७०७३० पुगेको छ । मुख्यमन्त्रीले यसअघि १५ हजार रुपैंया अतिथि सत्कार स्वरुप पाउने गरेका थिए । राजपत्रमा प्रकाशित सूचना अनुसार अब उनले २० हजार पाउनेछन् । मन्त्रीले १० हजार पाइरहेकामा मासिक १५ हजार पाउने भएका छन् । मन्त्रीहरुले ५३ हजार तलव पाउने गरेका थिए । अब ८ हजार बढेर ६०३२० रूपैंया तलब पाउनेछन् ।

मासिक ४ लाख २२ हजार २४० रुपैंया मासिक तलव ७ जना मन्त्रीको तलव मै सकिने छ। विदेश भ्रमणमा जाँदा दैनिक भत्ता कम भएको बताउँदै मुख्यमन्त्रीले दैनिक २५० अमेरिकी डलर र मन्त्रीहरुले २ सय अमेरिकी डलर पाउने व्यवस्था गरिएको छ।  मन्त्रिपरिषदले प्रदेश सभाका सभामुखको तलव पनि वृद्धि गरेको छ । यसअघि सभामुख राजबहादुर शाहीले ५३ हजार मासिक तलव बुझ्थे । अब उनले ६१४८० रुपैंया तलव पाउँनेछन् । विपक्षी दलको नेता र उपसभामुखले ५० हजार पाइरहेकोमा  अब ५८ हजार पाउनेछन् । सत्ता पक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र समितिका अध्यक्षहरुको तलब समेत वृद्धि भएको छ । उनीहरुले यसअघि ४८ हजार तलब पाउँने भने अब ५६८४० रुपैंया पाउनेछन् । 

दलको प्रमुख सचेतक र सत्ता पक्षको प्रमुख सचेतकले ४८ हजार पाउँदै आएकोमा अब ५४ हजार ५२० पाउने भएका छन् । विपक्षी दलको सचेतकले पनि ५४५२० पाउने छन् । यसअघि सांसदहरुले ४५ हजार पाउँदै आएका थिए । अब उनीहरुले ५२६०० रुपैंया तलव पाउने छन् । यस्तै सञ्चार सुविधामा पनि हेरफेर गरिएको छ भने भ्रमण भत्तामा समेत वृद्धि गरिएको छ । पुरानो ऐनमा सभामुखदेखि सबैलाई २ हजार सञ्चार सुविधा दिइने गरिएको थियो ।

सभामुखले अब ३५ सय पाउनेछन् । विपक्षी दलका नेता र उपसभामुखले ३४ सय, सत्ता पक्षका प्रमुख सचेतक र विपक्षी दलका प्रमुख सचेतकले ३३ सय, दलको प्रमुख सचेतक र सत्ता पक्षको प्रमुख सचेतकले ३२ सय र विपक्षी दलको सचेतक र प्रदेश सभा सदस्यले तीन हजारका दरले मासिक मासिक सुविधा पाउने छन् । प्रदेश सरकारले महँगी बढेको भन्दै सेवा, सुविधामा हेरफेर गरिएको बताएको छ। हेरफेर गरिएको सुविधा यही महिनादेखि प्राप्त गर्नेछन्। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप