आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीलाई पोखरामा कति सहज ?

पोखरा लेखनाथ नगरपालिकामा दलहरूले पाएको मतको अवस्था
बुधबार, ०७ वैशाख २०७९, १५ : ०२
बुधबार, ०७ वैशाख २०७९

स्थानीय तहको निर्वाचन आउन २४ दिन बाँकी छ । विभिन्न राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटिरहेका छन् । अगामी चुनावमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । अघिल्लो चुनावमा एमालेले जितेका क्षेत्रहरूमा सत्ता गठबन्धन दलले एक आपसमा भागवण्डा गरेर जीत हासिल गर्ने रणनीति बनाएका छन् । 

सत्ता गठबन्धन दलबीच पोखरा लेखनाथ महानगरपालिका प्रमुखको उम्मेदवार माधव कुमार नेपाल नेतृत्वको नेकपा एसबाट बनाउने करिब करिब सहमति भएको छ । काँग्रेसले दाबी गरे पनि मंगलबार काँग्रेसले आफ्नो दाबी छोडेको छ ।   

यसै सन्दर्भमा हामीले २०७४ सालको स्थानीय तह चुनावमा कास्कीको पोखरा महानगरपालिकामा राजनीतिक दलहरूको अवस्था कस्तो थियो ? सो महानगरपालिकामा तत्कालीन समयको मत परिणाम कस्तो थियो त्यसको अवलोकन गरेका छौँ । 

२०७४ को स्थानीय तहको निर्वाचनका बेला १ लाख ६८ हजार ६९ मतदाता रहेकोमा हाल ३९ हजार ६ सय ४३ मतदाता बढेर २ लाख ७ हजार ७ सय १२ मतदाता पुगेका छन् । ५ वर्षको अवधिमा महानगरपालिकाहरू मध्ये सबैभन्दा धेरै मत पोखरा महानगरपालिकामा बढेको हो । 

अघिल्लो चुनावमा पोखरा लेखनाथ महानगरपालिकाका ३३ वडामध्ये २२ वडामा एमाले विजयी भएको थियो भने ११ वटा वडामा काँग्रेस विजयी भएको थियो । काँग्रेस र एमालेले मात्र यहाँका सम्पूर्ण वडाहरू कब्जा गरेको थियो भने अन्य कुनै पनि दलले एउटा वडा समेत जित्न सकेका थिएनन् । महानगरपालिकामा आगामी निर्वाचनपछिको नजिता कस्तो हुनेछ त्यो प्रतीक्षाको विषय रहेको छ । 

​अघिल्लो चुनावमा पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा एमालेका मानबहादुर जिसी निर्वाचित भएका थिए । जिसीले ६० हजार ११८  मत पाएर महानगर प्रमुखमा विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका रामजी कुँवरलाई १३ हजार ७०२ मत अन्तरले पराजित गरेका थिए । निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरेका थिए । 

यस्तै संघीय समाजवादी फोरम नेपालका हुमबहादुर गुरुङले ३ हजार १७० मत प्राप्त गरेका थिए भने राप्रपाका रिता गुरुङले २२ सय ७२ मत प्राप्त गरेकी थिइन् । त्यस्तै अखण्ड नेपाल पार्टीका उम्मेदवार मोती गिरीले २ सय ९६ मत पाएका थिए । यो निर्वाचनमा चौटौँ स्थानमा रहेको नेकपा मालेका उम्मेदवार टेकनाथ भण्डारीले २ सय ९८ मत पाएका थिए । राष्ट्रिय जनमोर्चाका उम्मेदवार चन्द्र बहादुर खत्री क्षेत्रीले २०६ मत प्राप्त गरेका थिए ।  स्वतन्त्र उम्मेदवार अमन विक्रम थापाले  १४० मत ल्याएका थिए ।  

महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएकी थिइन । उनले ५६ हजार ४४८ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत पाएकी थिइन् । माओवादी केन्द्रका उम्मेदवार गोमा ढकालले  ८ हजार ७ सय ९६ मत,  राप्रपाका रमेशबहादुर खत्रीले २ हजार ८ सय ४० मत पाएका थिए । त्यस्तै उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले २ हजार १सय ९९ मत प्राप्त गरेका थिए । यस्तो थियो पोखरा लेखनाथ महानगर पालिकाका ३३ वडामा राजनीतिक दलहरूको  अवस्था

वडा नं १ :

यो वडामा नेकपा एमालेका उम्मेदवार शारदा कुमारी पराजुली ११ सय १३ मत ल्याई वडा अध्यक्षमा विजयी भएकी थिइन् ।

काङ्ग्रेस : ७ सय ९६ मत 

सङ्घीय समाजवादी फोरम नेपाल : १ सय ७८ मत 

माओवादी केन्द्र : १ सय १९ मत 

वडा नं २ :

यो वडामा नेपाली काङ्ग्रेसका उम्मेदवार रामेश्वर मल्ल ९ सय ३४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

एमाले : ५ सय ६३ मत 

माओवादी केन्द्र : ७७ मत 

वडा नं ३ :

यो वडामा काङ्ग्रेसका रवीन्द्र बहादुर प्रजा ९ सय ६३ मत ल्याएर विजयी भएका थिए ।

एमाले : ६ सय ४८ मत 

माओवादी केन्द्र : १ सय ५७ मत 

वडा नं ४ :

नेपाली काङ्ग्रेसका शंकर प्रसाद बास्तोला यो वडामा ८ सय १७ मत ल्याएर विजयी भएका थिए ।

एमाले : ६ सय ३२ मत 

राप्रपा : ४२ मत 

माओवादी केन्द्र : ३४ मत 

वडा नं ५ :

यो वडामा एमालेका धनबहादुर नेपाली विजयी भएका थिए । उनले १७ सय ६८ मत ल्याएका थिए ।

काङ्ग्रेस : १२ सय ४६ मत 

माओवादी केन्द्र : १ सय ६ मत 

वडा नं ६ :

यो वडाबाट कांग्रेसका जगत बहादुर पहारी १४ सय ६४ मत ल्याई विजयी भएका थिए ।

नेकपा एमाले : १२ सय ६९ मत 

माओवादी केन्द्र १ सय ९७ मत 

वडा नं ७ :

यो वडामा नेकपा एमालेका रामचन्द्र बराल १२ सय १२ मतले बडा अध्यक्षमा विजयी भएका थिए ।

काङ्ग्रेस : ११ सय ११ मत 

माओवादी केन्द्र : १ सय ६४ मत 

नयाँ शक्ति : १ सय १ मत 

वडा नं ८ :

यो वडामा एमालेका रुद्रनाथ बराल १८ सय ३* मतसहित वडा अध्यक्षमा विजयी भएका थिए । (*सच्याइएको)

काङ्ग्रेस : १६ सय ६३ मत 

माओवादी केन्द्र : ९९ मत 

वडा नं ९ :

यो वडामा काङ्ग्रेसका उम्मेदवार रामराज लामिछाने ११ सय ७४ मत ल्याएर विजयी भएका थिए ।

एमाले : ९ सय ८२ मत 

माओवादी केन्द्र : ३ सय १३ मत 

राप्रपा : १ सय ४१ मत 

वडा नं १० :

यो वडामा काङ्ग्रेसका उम्मेदवार राजकुमार गुरुङ १४ सय ४६ मत पाएर अध्यक्षमा निर्वाचित भएका थिए ।

एमाले : १ हजार २० मत 

माओवादी केन्द्र : ३ सय ५ मत 

वडा नं ११ :

यो वडामा काङ्ग्रेसका मोहन बहादुर बास्तोला १७ सय ७८ मत ल्याई विजयी भएका थिए । 

एमाले : १५ सय ४९ मत 

माओवादी केन्द्र : २ सय ६६ मत 

वडा नं १२ :

यो वडामा काङ्ग्रेसका राम बहादुर कार्की १ हजार ४६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

एमाले : ८ सय २९

माओवादी केन्द्र : ४ सय ३९ मत ।

वडा नं. १३ :

यो वडामा एमालेका लेखबहादुर तामाङ २६ सय ६ मत ल्याई विजयी भएका थिए ।

काङ्ग्रेस : १६ सय ८ मत 

माओवादी केन्द्र : ३ सय ९८ मत 

संघीय समाजवादी फोरम नेपाल : १ सय ८६ मत 

वडा नं १४ :

यो वडामा एमालेका उम्मेदवार प्रेमबहादुर कार्की क्षेत्री १८ सय ६ मत ल्याएर विजयी भएका थिए ।

काङ्ग्रेस : १६ सय ७४ मत 

राप्रपा : ४ सय ६६ मत 

माओवादी केन्द्र : २ सय ५१ मत 

वडा नं १५ :

यो वडामा एमालेका प्रकाश पौडेल १९ सय ४४ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका थिए । 

काङ्ग्रेस : १४ सय ४७ मत 

माओवादी केन्द्र : ६ सय ३२ मत 

राप्रपा : ५ सय ६८ मत 

वडा नं १६ :

यो वडामा नेकपा एमालेका जीवन प्रसाद आचार्य ३१ सय ३३ मत ल्याएर विजयी भएका थिए ।

काङ्ग्रेस : २८ सय ६८ मत

माओवादी केन्द्र :२ सय २१ मत 

वडा नं १७ :

यो वडामा एमालेका तीर्थराज अधिकारी ३ हजार ४६ मत ल्याई विजयी भएका थिए ।

काङ्ग्रेस : १७ सय ८३ मत 

माओवादी केन्द्र : ३ सय ६९ मत 

वडा नं १८ :

यो वडामा नेकपा एमालेका रणबहादुर थापा क्षेत्री १६ सय ७९ मत ल्याई विजयी भएका थिए ।

काङ्ग्रेस : ९ सय ७१ मत 

माओवादी केन्द्र ३ सय ३३ मत 

वडा नं १९ :

यो वडामा एमालेका मोहन पौडेल यस वडामा २४ सय ८३ मत ल्याई विजयी भएका थिए ।

काङ्ग्रेस : १९ सय ६० मत 

माओवादी केन्द्र : २०० मत 

वडा नं २० : 

यो वडामा एमालेका खिमबहादुर गुरुङ १२ सय २३ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।

काङ्ग्रेस : ६ सय ३१ मत 

स्वतन्त्र : ३ सय ३४ मत 

राप्रपा : ९० मत 

माओवादी केन्द्र : ४१ मत  

वडा नं २१ :

यो वडामा नेकपा एमालेका उम्मेदवार खगराज आचार्य २५ सय ४४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

काङ्ग्रेस : ८ सय १३ मत 

माओवादी केन्द्र : ७ सय ७ मत 

राप्रपा : ३ सय ४० मत 

वडा नं २२ :

यो वडामा एमालेका मित्रलाल बराल १४ सय ३० मत ल्याई विजयी भएका थिए ।

काङ्ग्रेस : १३ सय ९८ मत 

माओवादी केन्द्र : ६ सय ५८ मत 

वडा नं २३ :

यस वडामा काङ्ग्रेसका विष्णुप्रसाद पराजुली १ हजार ५८ मत ल्याई विजयी भएका थिए ।

नेकपा एमाले : ८ सय १ मत 

माओवादी केन्द्र : ६ सय ४४ मत 

वडा नं २४ :

यो वडामा एमालेका उम्मेदवार ओमप्रसाद सुवेदी १५ सय ८० मत ल्याएर विजयी भएका थिए ।

काङ्ग्रेस : १४ सय १९ मत 

माओवादी केन्द्र : १  सय ७४ मत 

वडा नं २५ :

यो वडामा एमालेका शोभाकर तिम्सिना २१ सय ६५ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका थिए ।

काङ्ग्रेस : १४ सय ९३ मत 

माओवादी केन्द्र : ५ सय ९० मत 

वडा नं २६ :  

यो वडामा एमालेका नारायणप्रसाद बराल २१ सय ३० मत ल्याएर विजयी भएका थिए ।

काङ्ग्रेस : १५ सय ८६ 

माओवादी केन्द्र : ३ सय ५६ मत 

वडा नं २७ :

यो वडामा काङ्ग्रेसका पूर्णकुमार गुरुङ १६ सय ९० मत ल्याई विजयी भएका थिए ।

एमाले : १३ सय ६७ मत 

माओवादी केन्द्र : ४ सय ७ मत 

स्वतन्त्र : १ सय ८ मत 

वडा नं २८ :

यो वडामा एमालेका उम्मेदवार निर्मल सुनार १५ सय २५ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका थिए ।

काङ्ग्रेस : १४ सय ४८ मत 

माओवादी केन्द्र : २ सय ४० मत 

वडा नं २९ :  

यो वडामा एमालेका चेतबहादुर गुरुङ १४ सय ४८ मत ल्याई विजयी भएका थिए ।

काङ्ग्रेस : १२ सय २३ मत 

माओवादी केन्द्र : ३ सय ९८ मत 

वडा नं ३० :

यो वडामा एमालेका श्रीराम पोख्रेल २ हजार २८ मत ल्याइ विजयी भएका थिए ।

काङ्ग्रेस : १९ सय २५ मत 

माओवादी केन्द्र : ४ सय ७६ मत 

वडा नं ३१ :

यो वडामा एमालेका कमलबहादुर थापा क्षेत्री १७ सय ६१ मत ल्याएर विजयी भएका थिए ।

काङ्ग्रेस : १२ सय ६१ मत 

माओवादी केन्द्र : ३ सय ९७ मत 

वडा नं ३२ :

यो वडामा काङ्ग्रेसका अक्कलबहादुर कार्की १७ सय ६९ मत ल्याई विजयी भएका थिए ।

एमाले : १६ सय ८० मत 

माओवादी केन्द्र : ६ सय ५३ मत 

वडा नं ३३ :

यो वडामा एमालेका शिवप्रसाद आचार्य २३ सय ७३ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।

काङ्ग्रेस : १९ सय ९१ मत 

माओवादी केन्द्र : ४ सय ३८ मत 

नयाँ शक्ति : १ सय ४७ मत 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप