काँग्रेस पोखरा महानगरका सचिव थापाले भने– ‘अपमान भयो, बागी उम्मेदवारी दिनसक्छौँ’
पोखरा महानगरपालिका मेयर नेकपा एकीकृत समाजवादीलाई दिएको भन्दै नेपाली काँग्रेस पोखरा महानगरपालिका कमिटीले विरोध जनाएको छ । पार्टीका नेता कार्यकर्ताको भावना विपरित एकीकृत समाजवादीलाई पोखरा मेयर दिने निर्णय भएकाले निर्णय नसच्याए महानगर मेयरमा बागी उम्मेदवारी दिने काँग्रेस पोखरा महानगर सचिव गणेशबहादुर थापाले चेतावनी दिए ।
पार्टीले पोखरा निर्णय नसच्याए भरतपुर काण्ड दोहोर्याउने थापाले चेतावनी दिए । ‘पार्टीले पोखरा मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि जिल्ला पार्टी कार्यालय तालाबन्दी भयो । प्रदेश पार्टी कार्यालयमा तालाबन्दी गर्ने तयारी गरेका छौ’ थापाले भने, ‘महानगरमा कसरी अगाडि बढ्ने भन्ने विषयमा दिउँसो बैठक बोलाएका छौ । महानगरका ३३ वडाका नेताहरु आउनुहुन्छ । त्यहाँ पार्टी निर्णयका विषयमा छलफल हुने छ ।’ पार्टीको निर्णयले अग्रज नेताहरुले टाढा हुँदै जाने, पार्टीमा नयाँ आकर्षण नहुने स्थितिमा पुगेको थापाले बताए ।
सत्ता गठबन्धनले पोखरा मेयर एकीकृत समाजवादीलाई दिने निर्णय भएपछि पोखरा महानगर काँग्रेसका नेताहरुले एक विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् । ‘पार्टी केन्द्रले पोखरा कमिटीसँग सल्लाह नै नगरेर एकोहरो एकीकृत समाजवादीलाई दिने निर्णय गर्यो । नेता कार्यकर्ताको भावना विपरित निर्णय लिइयो’ थापाले भने, ‘पोखराको परिस्थिति नबुझेर कसैलाई फाइदा हुनेगरी महानगरलाई अप्ठ्यारो पार्नेगरी निर्णय भयो। त्यो गर्नु हुँदैन थियो । पार्टीले गरेको निर्णय जुनसुकै हालतमा सच्याउनुपर्छ। ’ यदि पार्टीले पोखरा महानगरको निर्णय नसच्याउँदासम्म जिल्ला पार्टी कार्यालयको ताला नखोल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण