जसपाको घोषणापत्र : नेकपाले दिन नसकेको स्थायित्व दियौँ
जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशमा प्रादेशिक सरकार सञ्चालनको अनुभव हासिल गरेर देश, प्रदेश र जनताको हितमा अधिकतम् सदुपयोग गरेको दाबी गरेको छ । स्थानीय तहको चुनावका लागि मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा संघीय संसदमा पूर्ण बहुमतका बाबजुद तत्कालिन नेकपाले राजनीतिक स्थायित्व दिन नसकेको, कतिपय प्रदेशमा बारम्बार नेतृत्व परिवर्तन भएको तर, जसपाले मधेश सरकारलाई स्थायित्व दिन सकेको दाबी गरेको हाे ।
पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको हुँदा सरकारले बाँकी कार्यकाल पुरा गर्ने राजनीतिक सुनिश्चितता रहेको उल्लेख गर्दै जसपाले ‘मधेस’ राख्ने प्रस्तावलाई प्रदेशसभाको भारी बहुमतले अनुमोदन घोषणापत्रमा उल्लेख गरेको छ । ‘मधेस’ नामाङ्कनसँगै देशले पहिचान आधारित नामाङ्कन प्राप्त गर्न सफल भएको जसपाले जनाएको छ । मधेस सरकारका कतिपय कार्यक्रम अत्यन्त लोकप्रिय, जनमुखी र परिणाम दायी साबित भएको उल्लेख गर्दै जसपाले विशेषतः बेटी पढाऊ, बेटी बचाऊ अभियान, सहिद सम्मान कार्यक्रम, किसानहरूको ऋणको ब्याज भुक्तानी प्रयोजनका लागि विशेष अनुदानले जनसाधारणलाई प्रत्यक्ष प्रभावित र लाभान्वित बनाएको घोषणापत्रमा उल्लेख गरेका छन् ।
सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय, पर्साको वीरगंजमा प्राविधिक विश्वविद्यालयलगायत तीन वटा विश्वविद्यालय स्थापित भएका छन् । मधेस सरकारले देशमै पहिलोपटक प्रादेशिक निजामति ऐन र सुशासन ऐन, प्रादेशिक प्रहरी ऐन तर्जुमा गरी प्रदेशसभाबाट पारित गराएको घोषणापत्रमा उल्लेख छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान–२०७७ बमोजिम मधेश स्वास्थ्य विज्ञान प्रतिस्ठान स्थापना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या