गठबन्धनमा टुङ्गियो महानगरको भागबण्डा : भरतपुर माओवादी र पोखरा समाजवादीलाई
मङ्गलबार, ०६ वैशाख २०७९, १६ : ४१
नेपाली काँग्रेसले पोखरा महानगरको दावीबाट पछि हटेसँगै सत्ता गठबन्धनमा ६ वटै महानगरको भागबण्डा टुङ्गिएको छ । यसअघि पोखरा महानगरमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले दावी गर्दा गठबन्धनमा परेको गाँठोका कारण महानगरको भागबण्डा टुङ्गिन सकेको थिएन ।
पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पोखरेली काँग्रेसका नेताहरुलाई बोलाएर गठबन्धनको बाध्यताले पोखराको नेतृत्वको दावी छोड्नुपर्ने अवस्था आएको बताएका थिए । यो सँगै मुलुकका ६ महानगरमध्ये नेपाली काँग्रेसले तीन महानगर क्रमशः काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व पाउने भएको छ भने माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगञ्ज र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व गर्न पाउने भएका छन् ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
