काँग्रेसले छाड्यो पोखरा महानगरमा दाबी
नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा पार्टीको दाबी छाडेको छ । सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशबाट आएका नेताहरूसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पार्टीलाई नै पोखरा महानगर छाड्ने सहमति जुटेको हो ।
देउवासँग छलफलका लागि कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र पूर्वमन्त्री कानुनमन्त्री यज्ञ थापा मंगलबार काठमाडौं आएका थिए । सो क्रममा उनीहरुले पोखराको समग्र अवस्थाका विषयमा सभापतिलाई ब्रिफिङ गरेका थिए ।
तर, देउवाले भागबण्डाका क्रममा समाजवादीलाई पोखरा दिनुपर्ने बाध्यता सुनाएपछि उनीहरु पोखरा छाड्न सहमत भएको बताइएको छ । जिल्ला सभापति बरालले सभापति देउवाले वर्तमान परिस्थितिको बाध्यता सुनाएपछि आफूहरु समाजवादीलाई नै महानगर छाड्ने बुझाइका साथ बालुवाटारबाट बाहिरिएको जानकारी दिए ।
अहिले महानगर र उपमहानगरको तालमेलको विषयमा अन्तिम निर्णय लिन बालुवाटारमा बैठक जारी छ । सोमबार नै भएको सहमतिअनुसार पोखराबाहेक अन्य महानगरमा भने तालमेलको सहमति जुटेको थियो । जसअनुसार वीरगन्ज जसपा तथा भरतपुर माओवादीलाई दिने सहमति भएको थियो । बाँकी ४ महानगर भने काँग्रेसले लिने समझदारी भएको थियो । आज सबै विषयमा अन्तिम रुप दिँदै महानगर तथा उपमहानगरको मेयर उपमेयरमा तालमेलबारे निर्णय लिइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
