गठबन्धनले भोलि बेलुकासम्म महानगर र उपमहानगर टुंगो लगाउने
सत्ता गठबन्धनले सोमबार (भोलि बेलुका)सम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा महानगर र उपमहानगर चुनावी तालमेलको टुंगो लगाउने भएको हो ।
देशैभर ६ महानगर र ११ उपमहानगरपालिका छन् । देशैभर ७५३ स्थानीय तहमा पाँच दलीय गठबन्धन हुन नसक्ने भएपछि पहिलो चरणमा महानगर उपमहानगरको टुंगो सोमबार बेलुकासम्म लगाउने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।
‘सबै स्थानीय तहमा सत्ता गठबन्धनको चुनावी तालमेल हुने स्थिति भएन । त्यसो भएपछि सुरुमा महानगरपालिका र उपमहानगरपालिकाको टुंगो लगाऔँ, त्यहाँ सहमति कसरी गर्ने छलफल गरौ’ ती नेताले भने, ‘यदि महानगर उपमहानगरमा पाँचै दलको चित्त बुझ्दो भागबण्डा भएमा नगरपालिका र गाउँपालिकामा हुने चुनावी तालमेलका विषयमा छलफल गरौंला, नभए आ–आफ्नै ढंगले प्रतिस्पर्धा गरौंला भन्ने भएको छ । कुनै निर्णय भएको छैन ।’स्थानीय तहमा उम्मेदवारका आकांक्षी धेरै भएपछि सत्ता गठबन्धनमा भागवण्डा गर्न समस्या भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
