बालुवाटार बैठकको निष्कर्ष : गठबन्धनले जित्ने ठाउँमा मैत्रीपूर्ण प्रतिस्पर्धा गरौँ
सत्ता गठबन्धनको बैठकले स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको प्रयासको समीक्षा गरेको छ । आइतबार विहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले तालमेलका लागि मातहतमा भएको प्रयासबारे समीक्षा गरेको हो ।
जनमोर्चाका नेता हिमलाल पुरीले रातोपाटीसँग भने, ‘बिहान चुनावी तालमेलका लागि भइरहेको प्रयासबारे समीक्षा गर्यौँ । गठबन्धनकै दल जित्ने पक्का भएको ठाउँमा मैत्रिपूर्ण प्रतिस्पर्धा हुनसक्छ ।’ गठबन्धनका दलबीच तालमेल नभइ जित्न नसक्ने ठाउँमा तालमेलमै जोड दिनुपर्छ भन्ने छलफल भएको उनको भनाइ छ । चुनावी परिणाम प्रतिकुल आउने गरी मातहतका संयन्त्रले निर्णय लिए केन्द्रले सोच्न सक्ने अवस्थाबारे पनि छलफल भएको थियो ।
काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिसँग शीर्ष नेताले प्रधानमन्त्री निवास बालुवाटारमा थप छलफल गर्ने गरी विहानको बैठक टुंगिएको पुरीले बताए । ‘आज दिउँसो १ बजे गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्छ । त्यसमा थप छलफल गर्छौं,’ उनले भने । उनका अनुसार केही दिनअघि केन्द्रले बनाएको मापदण्ड अनुसार तालमेल भए, नभएको विषयमा छलफल हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण