बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

महानगर र उपमहानगरमा माओवादीले माग्यो बढीमा ३ आकाङ्क्षीको नाम

मङ्गलबार, २९ चैत २०७८, १० : १७
मङ्गलबार, २९ चैत २०७८

नेकपा माओवादी केन्द्रले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । अध्यक्ष प्रचण्डले सोमबार एक विशेष सर्कुलर पठाउँदै महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम मागेका हुन् । सर्कुलर अनुसार प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने भनिएको एक नेताले जानकारी दिए । 

‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम पार्टीका प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्ने भनेर सर्कुलरमा भनिएको छ’, ती नेताको भनाइ छ । सिफारिस वैशाख ५ गते भित्र गरिसक्नु पर्ने सर्कुलरमा भनिएको ती नेताको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप