महानगर र उपमहानगरमा माओवादीले माग्यो बढीमा ३ आकाङ्क्षीको नाम
नेकपा माओवादी केन्द्रले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । अध्यक्ष प्रचण्डले सोमबार एक विशेष सर्कुलर पठाउँदै महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम मागेका हुन् । सर्कुलर अनुसार प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने भनिएको एक नेताले जानकारी दिए ।
‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम पार्टीका प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्ने भनेर सर्कुलरमा भनिएको छ’, ती नेताको भनाइ छ । सिफारिस वैशाख ५ गते भित्र गरिसक्नु पर्ने सर्कुलरमा भनिएको ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
-
धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
