बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख ५ भित्र उम्मेदवार तय गर्न माओवादीको सर्कुलर

केन्द्रको स्वीकृतिबिना गठबन्धन तोड्न रोक
मङ्गलबार, २९ चैत २०७८, १० : १०
मङ्गलबार, २९ चैत २०७८

नेकपा माओवादी केन्द्रले वैशाख ५ गतेभित्र मातहतका कमिटीमा स्थानीय तह निर्वाचनमा लड्ने उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर जारी गरेको छ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार सर्कुलरमार्फत सबै उम्मेदवारहरूको सिफारिस वैशाख ५ गते भित्र गरिसक्न निर्देशन दिएका हुन् । 

माओवादीले गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने पनि मातहतका कमिटीलाई सर्कुलर गरेको छ ।  केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा आफूखुसी निर्णय लिन पनि माओवादीले रोक लगाएको एक नेताले बताए । गठबन्धनकै दलहरूबीच स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने सर्कुलरमा भनिएको ती नेताको भनाइ छ ।

महानगर र उपमहानगरमा बढीमा ३ आकाङ्क्षी

त्यस्तै महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । सर्कुलर अनुसार प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने भनिएको एक नेताले जानकारी दिए । ‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम पार्टीका प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्ने भनेर सर्कुलरमा भनिएको छ’, ती नेताको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप