बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सुर्खेत उद्योग वाणिज्य संघको चुनाव : कोइराला भर्सेस देउवा !

सोमबार, २८ चैत २०७८, २१ : १८
सोमबार, २८ चैत २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर देशको राजनीतिक माहोल तात्तिरहेका बेला उद्योगी, व्यवसायीहरु पनि यसबाट अछुतो छैनन् । राजनीतिक दलहरु जस्तै व्यापारीहरुले पनि गठबन्धन सहति छुट्टा–छुट्टै प्यानल बनाई चुनावी मैदानमा होमिएका छन् ।

आगामी वैशाख ४ गतेका लागि तोकिएको सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली काँग्रेसभित्रै दुईवटा खेमाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसीहरुकाे बाहुल्यता रहेको संघका निवर्तमान महासचिव लक्ष्मण कँडेल र निवर्तमान वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का अध्यक्षका लागि प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । कँडेल काँग्रेसभित्रको संस्थापन इत्तर पक्षका हुन् भने खड्का संस्थापन पक्षधर हुन् । सिधा अर्थमा भन्दा सुर्खेतमा पुर्णबहादुर खड्का र हृदयराम थानी पक्षबीच प्रतिस्पर्धा हुने गरेको छ । जसको साइड इफेक्ट उद्योग वाणिज्य संघमा विगतदेखि नै पर्दै आएको छ । 

संस्थापन इत्तर पक्षधर मानिएका कँडेलले एमाले र एकीकृत समाजवादी निकट व्यक्तिलाई पनि साथमा लगेका छन् भने संस्थापन पक्षधर मानिएका खड्का एक्लै मैदानमा होमिएका छन् । निर्वाचन कार्यतालिका अनुसार दुबै पक्षले नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।

 


कँडेलको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर रावत, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा प्रेम प्रसाद पाण्डे, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उप–महासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही र सह–कोषाध्यक्षमा भीमप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कँडेलको  टिमबाटै सदस्यहरूमा खुलातर्फ रमेश बराल, दिपक खड्का, प्रकाशकुमार तिमिल्सेना, विशाल ढकाल, बालकृष्ण हमाल चालिसे, सागर भुषाल, टेकबहादुर थापा, सुरज थापा, विर्ख बडुवाल, गणेश खड्का, लक्ष्मी कार्की, महिला सदस्यमा लक्ष्मीकुमारी शर्मा तिवारी, हिमा पाध्याय, एशोसियट सदस्यमा मिलन पन्त र आरक्षित सदस्यमा ज्ञानेन्द्र विकले मनोनयन दर्ता गरेका छन् ।

संस्थापन पक्षधर खड्का प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गणेशबहादुर बस्नेत, वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा, महासचिवमा रामप्रसाद जैसी, उप–महासचिवमा पूर्णदेव अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे, सह–कोषाध्यक्षमा सूर्य केसीले उम्मेदवारी दर्ता गराएका छन् । खुला पुरुष सदस्यहरूमा भने अर्जुनजंग शाही, पहलसिंह बस्याल, प्रेमबहादुर भण्डारी, मदनबहादुर थापा, लक्ष्मण खत्री देवकोटा, प्रेम शर्मा, अजय गुरुङ, भूवन ज्ञवाली, वुद्ध तामाङ, रणबहादुर खड्का, महिला सदस्यमा लक्ष्मी कार्की प्रधान, कृति गुभाजु शाक्य, सदस्य एशोसियटमा जनक थापा र आरक्षित सदस्यमा सन्तोषकुमार बराइलीले उम्मेदवारी दर्ता गराएका छन् । 

निर्वाचन समितिकाअनुसार मंगलबार विहान १०  देखी अपरान्ह ४ बजेसम्म उम्मेदवारी उपर दाबी विरोध र फिर्ताको समय तोकिएको छ । मंगलबार नै ६ बजे दावी विरोध उपर निर्णय र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । वैशाख २ गते राती १२ बजेसम्म चुनाव–प्रचार अवधि र सोही दिन १२ बजेपछि मौन अवधि तोकिएको छ । मतदान वैशाख ४ गते विहान ८ देखी साँझ ५ बजेसम्म हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप