केपी ओलीलाई अर्थमन्त्रीको जवाफ : विदेशी पानी खाएकाहरुले वृद्धभत्ता दिन नसक्ने अफवाह फैलाए
अर्थमन्त्री जनार्दन शर्माले सरकार वृद्धभत्ता नै दिन नसक्ने भनेर फैलाइएको अफबाहमा कुनैपनि सत्यता नरहेको प्रस्ट पारेका छन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्रै मुलुकको अर्थतन्त्रप्रति टिप्पणी गर्दै सरकारले वृद्धभत्ता समेत दिन नसक्ने अवस्था रहेको बताएका थिए । तर अर्थमन्त्री शर्माले सोमबार गरेको पत्रकार सम्मेलनमा त्यस्ता भनाइको खण्डन गर्दै भने, ‘चुनावको रकम पनि दिन नसक्ने, विदेशी पानी खाएर हुर्केका नागरिकहरुको कुरा सुन्यो भने बृद्ध भत्ता पनि दिन नसक्ने कुरा गर्न सकिन्छ ।’
उनले यस्ता कुरा गर्न र भन्न छुट भएपनि सरकार ती व्यवस्थाबाट नभाग्ने बताए । ‘भन्न त पाइयो तर बजेट व्यवस्था र उपलब्ध गराएका छौ, श्रोत सुनिश्चितता भएको छ । भुक्तानीको प्रक्रिया भैसकेको छ । नपुग्ने भए अरु दिने प्रतिवद्धता पनि गरिएको छ यी सबै अफवाह हुन्’, मन्त्री शर्माको भनाइ छ ।
उनले यस्तै अफवाह गर्दै गर्दै नेपाल श्रीलंका बन्छ बन्छ भनेर मुलुकलाई जबर्जस्ती त्यता लैजान खोज्नु राष्ट्रघात भएको भन्दै यस्तो भनेको सुनेर आफुलाई अचम्म लागेको बताए । ‘यी सबै कुराहरुलाई जोड्दै जोड्दै देश श्रीलंका हुन्छ हुन्छ भन्नेतिर लग्न खोजिँदैछ । यो राष्ट्रघात हो । श्रीलंका बनाउने चासो उहाँहरुलाई किन भइरहेको छ, मलाई अचम्म लागेको छ’, मन्त्री शर्माको भनाइ छ ।
आइतबार मात्रै एमाले अध्यक्ष ओलीले मुलुकको मुलुकको पछिल्लो अर्थतन्त्रले अनिष्टको संकेत गरेको भन्दै यही अवस्था रहे जेष्ठ नागरिकहरुले भत्ता नपाउने सम्भावना रहेको बताएका थिए । ‘अनौठो नमान्नुहोला यो नेपालका लागि अनिष्टको समय हो देशका लागि । अहिले देशको अर्थतन्त्र हेर्नुहोस् त श्रीलंका बन्दैछ नेपाल । केही समयपछि तनखा नपाए अनौठो नमान्नुहोला । तनखा दिन सक्ने अवस्था छैन । जेष्ठ नागरिकले भत्ता नपाए अनौठो नमान्नुहोला’, शिक्षक संगठनको कार्यक्रममा ओलीले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
