गभर्नर निलम्बनबारे अर्थमन्त्री : छानविन रिपोर्टले सबै जवाफ दिनेछ
अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीको निलम्बनबारे छानविन कमिटीले रिपोर्ट पेश गरेपछि सवै कुरा थाहा हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले गभर्नरको कानुनसम्मत भएको दाबी गरे । उनले छानविन कमिटी बनिसकेको अवस्थामा गभर्नर निलम्बनबारे धेरै कुरा भन्न नमिल्ने बताए ।
‘राष्ट्र बैंक ऐनअनुसार नै गर्भनर निलम्बन गरेका हौ’ मन्त्री शर्माले भने, ‘किन गरियो भन्ने बारेमा हामीले छानविन कमिटी बनाएका छौं । त्यो कमिटीले छानविन गरेर हामीलाई रिपोर्ट दिनेछ । त्यो रिपोर्टले सबै प्रश्नको जवाफ दिनेछ ।’ उनले छानबिन कमिटीले एक महिनाभित्र रिपोर्ट दिएपछि सवै कुरा सार्वजनिक हुने पनि बताएका छन् ।
अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रबारे गलत हल्ला फैलाएर राजनीतिकरण गरिएको समेत बताए । उनले नेपालको अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
