गभर्नर निलम्बनबारे अर्थमन्त्री : छानविन रिपोर्टले सबै जवाफ दिनेछ

अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीको निलम्बनबारे छानविन कमिटीले रिपोर्ट पेश गरेपछि सवै कुरा थाहा हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले गभर्नरको कानुनसम्मत भएको दाबी गरे । उनले छानविन कमिटी बनिसकेको अवस्थामा गभर्नर निलम्बनबारे धेरै कुरा भन्न नमिल्ने बताए ।
‘राष्ट्र बैंक ऐनअनुसार नै गर्भनर निलम्बन गरेका हौ’ मन्त्री शर्माले भने, ‘किन गरियो भन्ने बारेमा हामीले छानविन कमिटी बनाएका छौं । त्यो कमिटीले छानविन गरेर हामीलाई रिपोर्ट दिनेछ । त्यो रिपोर्टले सबै प्रश्नको जवाफ दिनेछ ।’ उनले छानबिन कमिटीले एक महिनाभित्र रिपोर्ट दिएपछि सवै कुरा सार्वजनिक हुने पनि बताएका छन् ।
अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रबारे गलत हल्ला फैलाएर राजनीतिकरण गरिएको समेत बताए । उनले नेपालको अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा बढी बेरुजु मधेश प्रदेशमा
-
सिम्रौनगढका मेयर चढ्ने गाडी रौतहटमा दुर्घटना
-
भूमिसम्बन्धी अध्यादेश र विधेयक : बाटो फरक ‘विषयवस्तु’ उही
-
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद माया राईको अदालतमा बयान जारी
-
आर्थिक वर्ष २०८०/०८१ मा चिकित्सा शिक्षाका एक हजार ५२१ सिटमा विद्यार्थी भर्ना भएनन्
-
दुधको भुक्तानी नदिने उद्योगीको विवरण प्रशासनमा बुझाइयो