बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रका समष्टिगत परिसूचक सामान्य : अर्थमन्त्री

सोमबार, २८ चैत २०७८, १७ : १४
सोमबार, २८ चैत २०७८

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका समष्टिगत सामान्य रहेको दाबी गरेका छन् । बाह्य क्षेत्रमा केही दबाब हुनुबाहेक अर्थतन्त्रका अन्य परिसूचकहरू सामान्य रहेको अर्थमन्त्री शर्माले बताएका हुन् । 

देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन भन्दै अर्थमन्त्रीले अहिले सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरिरहेका छन् । पत्रकार सम्मेलनमा मन्त्री शर्माले वाह्य क्षेत्रमा देखिएको दबाब समाधान गर्न आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिनेगरी कदम चालिएको बताएका छन् । 

गत आर्थिक वर्षमा कोरोना महामारीलगायत कारणले लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल नभएपनि चालू आर्थिक वर्षमा वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने देखिएको अर्थमन्त्रीले दाबी गरेका छन् । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । 

कोरोना महामारीका कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको, २०७६ फागुनको तुलनामा २०७८ कात्तिक महिनामा करिब ९८ प्रतिशत उद्योग÷व्यवसाय सञ्चालनमा आएको, उद्योग दर्ता र प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि सुधार हुँदै गएको अर्थमन्त्रीले उल्लेख गरेका छन् । यसका कारण पनि आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने उनले बताएका हुन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप