अर्थतन्त्रका समष्टिगत परिसूचक सामान्य : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका समष्टिगत सामान्य रहेको दाबी गरेका छन् । बाह्य क्षेत्रमा केही दबाब हुनुबाहेक अर्थतन्त्रका अन्य परिसूचकहरू सामान्य रहेको अर्थमन्त्री शर्माले बताएका हुन् ।
देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन भन्दै अर्थमन्त्रीले अहिले सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरिरहेका छन् । पत्रकार सम्मेलनमा मन्त्री शर्माले वाह्य क्षेत्रमा देखिएको दबाब समाधान गर्न आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिनेगरी कदम चालिएको बताएका छन् ।
गत आर्थिक वर्षमा कोरोना महामारीलगायत कारणले लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल नभएपनि चालू आर्थिक वर्षमा वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने देखिएको अर्थमन्त्रीले दाबी गरेका छन् । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।
कोरोना महामारीका कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको, २०७६ फागुनको तुलनामा २०७८ कात्तिक महिनामा करिब ९८ प्रतिशत उद्योग÷व्यवसाय सञ्चालनमा आएको, उद्योग दर्ता र प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि सुधार हुँदै गएको अर्थमन्त्रीले उल्लेख गरेका छन् । यसका कारण पनि आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने उनले बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
