शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

गठबन्धनले तालमेलको मोडालिटी मंगलबार टुङ्ग्याउने

सोमबार, २८ चैत २०७८, १२ : ०३
सोमबार, २८ चैत २०७८

सत्तारुढ दल पाँच दलले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी मंगलबार बस्ने बैठकमार्फत टुङ्ग्याउने भएका छन् । सोमबार बसेको पाँच दलीय गठबन्धनको उच्चस्तरीय बैठकले स्थानीय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त अपिल गरेको छ । सोमबारको बैठकपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार बेलुका ४ बजे बस्ने बैठकले मोडालिटीबारे टुङ्गो लगाउने जानकारी दिए । 

‘चुनावी तालमेलको मोडालिटी मंगलबार चार बजे बस्ने बैठकले टुङ्गो लगाउँछ’, मन्त्री कार्कीको भनाइ छ । गठबन्धनभित्र मोडालिटीबारे विभिन्न प्रस्तावमाथि छलफल भएपनि नेताहरुबीच सहमति जुटेको छैन । खासगरी यसअघि काँग्रेस, माओवादीले जितेका स्थान उनीहरुलाई नै छोड्दै एमालेले जितेका स्थानमा भागबण्डा गर्ने प्रस्तावमा नेकपा एकीकृत समाजवादीले असहमति जनाएको नेताहरुको भनाई छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप